हिमाली जिल्ला हुम्लामा अथाह प्रर्यटकिय स्थल रहेका छन् । ती पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार सँगै आन्तरिक तथा वाहिय पर्यटकहरुको आगमन बढाउनका लागी तिनै तहका सरकार लागी परेका छन् । जिल्लामा स्थापित स्थानिय सरकार, संघ र प्रदेश सरकार पनि लागी परेको पाइएको छ ।
कर्णाली प्रदेशको खार्पुनाथ गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्र खार्पुनाथ शिवालय, भिम दुला, दुदे दह, देवी जुवार्ना, लब्दर जस्ता पर्यटकीय क्षेत्रको स्थतर उन्ति सँगै पर्यटकहरुको सहजीकरणका लागी पर्यटकिय पदमार्ग, खानेपानीका धारा निर्माण, विसाउने चौतारी सँगै रेलिङ निर्माण कार्य खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल सँगै वडा अध्यक्षको पहलमा सो कार्यहरु भइ रहेका छन् ।

खार्पुनाथ गाउँपालिकाको चर्चित पर्यटकिय स्थल दुदेदहका लागी पदमार्ग निर्माण गरिएको छ । विगत ३ वर्ष वर्ष देखि क्रमागत योजनामा समाहित भइ पर्यटकिय पदमार्ग निर्माण भइ रहेको छ ।

खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहल संगै डिभिजन बन कार्यालय हुम्लाको आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण कार्य आर्थिक वर्ष ०८१।८२ का लागी सम्पन्न भएको छ । करिव ३ हजार मिटर लम्वाई भएको पदमार्ग निर्माण कार्य सम्पन्न भएको जानकारी प्राप्त भएको छ । उक्त पद मार्ग निर्माणका लागी यो आर्थिक वर्षमा १५ लाख वजेटको व्यवस्था गरिएको थियो । ३ मिटर चौडा उक्त पदमार्गको नाम गेट वय टु दुदे दह नामकरण गरिएको छ । उक्त पदमार्ग मुटिलाबाट सुरु भइ दुदे दह सम्म निर्माण गरिने छ ।
