छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ को हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा लामा रहने गरी उपाध्यक्षमा आङमु लामा र शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री र नन्दपुरी जेठार, कोषाध्यक्षमा हिरकला परियार, सहसचिवमा कछोमा लामा र सरस्वती सिंह सँगै काँसी पुरा रोकाया लगात २७ जनाको प्रदेश कार्यसमिति रहने गरी नेपाल महिला संघको ख नं प्रदेश कार्यसमिति चयन गरिएको नेपाल महिला संघका जिल्ला अध्यक्ष शुसिला शाहले बताएकी छन् ।
सर्वसहमत चयन भएका पदाधिकारीहरुको सफत ग्रहण सँगै स्वागत तथा सम्मान कार्यक्रम पनि गरिएको जानकारी प्राप्त भएको छ