राज शाही शुक्रबार, आषाढ २०, २०८२ मा प्रकाशित

नेपाली काँग्रेस भातृ संघ नेपाल महिला संघ को पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न भएको छ ।  २ प्रदेश निर्वाचन  क्षेत्र रहेको हुम्ला  जिल्लामा नेपाली काँग्रेसको भातृ संघ महिला संघले सुक्रवार प्रदेश निर्वाचन क्षेत्र ख को पहिलो उत्घाटन सत्र कार्यक्रम संचालन गरेको हो । नेपाल महिला संघ जिल्ला कार्य समिति हुम्लाका सभापति शुसिला शाहको अध्यक्षता र नेपाली काँग्रेस कार्यवाहक सभापति कैलास भण्डारीको प्रमुख आतिथ्य रहेको उत्घाटन सत्र कार्यक्रममा हुम्ला जिल्ला ख नं प्रदेशका १९ वटै वडाका नेपाल महिला संघका सभापति सँगै पदाधिकारीको उपस्थित रहेको थियो ।

नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य पदमबहादुर लामा,उपसभापति बसन्त रोकाया लगायत नेपाली काँग्रेसका नेता तथा कार्यक्रर्ताकोको उपस्थित रहेको उक्त कार्यक्रममा नेपाल महिला संघ लाई अगाडी बढाउनका लागी नेपाली काँग्रेस प्रति आस्ता राख्ने जो कोही महिलाले गाउँ समाजमा बोल्दा होस वा अन्य काम गर्दा नेपाली काँग्रेसको सिर उचो हुने गरी बोल्नु पर्ने, महिलालाई कोही कसैले अधिकार घरमै पुराउन नआउने भएकाले आफ्नो अधिकारका लागी आफै अग्रसर हुनु पर्ने, महिलाले जिम्मेवारी पाएमा इन्दारीताका साथ बहन गर्ने क्षमता भएको खार्पुनाथ गाउँपालिका वडा नं ४ की वडा अध्यक्ष रंगमती शाहीले बताएकी थिइन।

नेपाली काँग्रेसको भातृ संघ महिला संघ हुम्लाले काँग्रेसलाई वलियो बनाउन हरदम प्रर्यास गर्नु पर्ने, आफुमा भएको क्षमता प्रर्दशन गरि महिलाको हितमा जो कोही नेपाली काँग्रेसमा आवद्ध महिलाले लाग्नु पर्ने, नेतृत्व गरी रहँदा हरेका वाधा अट्चन आउने भएकाले त्यसलाई चिरेर अगाडी वढ्ने क्षमता राख्नु पर्ने नेपाल महिला संघकी जिल्ला अध्यक्ष शुशिला शाहले  बताएकी थिइन।

नेपाली काँग्रेस महिला संघ निकै दुःखका बाबजुत यो फुलबारिमा परिण हुन सफल भएको हो, यसलाई निरन्तरता दिन तँपाइ दिदी बहिनीको ठुलाो हात रहेकाले सोही अनुसार पार्टीको इज्जत जोगाउदै महिला संघ हुम्लाको संघ गठन वलियो बनाउने तर्फ लाग्न अनुरोध गर्दै नेपाली काँग्रेस जिल्ला कार्यवाहक सभापति कैलास भण्डारीले  आफ्नो भनाइ राखेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका कर्णाली प्रदेश सदस्य पदमबहादुर लामा, जिल्ला उपसभापति बसन्त रोकाया, शुशिला रोकाया कृष्णबहादुर बोहोरा लगायतका वक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९