राज शाही सोमबार, आषाढ १६, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

संघ तथा प्रदेश संगै स्थानिय सरकारबाट बजेटको व्यवस्था नहुँदा औषधीको अभाव देखिएको छ । औषधीको अभाव हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको जिल्ला अस्पताल रहेको छ । यस अघि संघ सरकारबाट दश लाख बजेटको व्यवस्था गरी आर्थिक वर्ष ०८१।०८२को साउन देखि अषाढको दोश्रो साता सम्म जेनतेन औषधीले धाने पनि यतिवेला जिल्ला अस्पताल हुम्लामा सिटामोल समेत नभएको जानकारी प्राप्त भएको छ ।

जिल्ला अस्पतालमा औषधी व्यवस्थापनका लागी संघ,प्रदेश र स्थानिय सरकारलाई पटक पटक माग पत्र सँगै सम्बन्धित व्यक्तिलाई भेटी औषधीका लागी वजेको व्यवस्था गरि दिन अनुरोध गरे पनि संघ सरकारले प्रदेश सरकारलाई भन्न आग्रह गरेको र प्रदेशले स्थानिय सरकारलाई भन्न आग्रह गरेको र स्थानिय सरकारलाई भन्दा आफ्नो पालिकामै स्वास्थ्य शाखा भएकाले उक्त शाखामै औषधीको व्यवस्था गर्ने गरेकोले जिल्ला अस्पताललाई कुनै वजेटको व्यवस्था गर्न नसकिने बताएको जिल्ला अस्पताल हुम्लाका व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीले बताएका छन्।

नेपाल सरकारले निशुल्क दिदै आएको १ सय ८ प्रकारका औषधी हुम्ला जिल्ला अस्पतालमा कहिलै नआएको पनि खवर प्राप्त भएको छ । सामान्य विरामी स्थानिय सरकारका स्वास्थ्य शाखामै उपचार गरे पनि जटिल खालका विरामी जिल्ला भरकै जिल्ला अस्पताल हुम्लामा जाने गरेका छन् । अस्पतालमा औषधी नपाउदा रितै हात लिएर घर फर्कनु पर्ने वाध्यता रहेको छ ।

जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, व्यापारी, उद्योगी, सिमकोट गाउँपालिका वाहेकका अन्य गाउपालिकका मानिसहरुको पनि बसो बास हुने भएकाले उनिहरु सिधै जिल्ला अस्पताल उपचार गर्न जाने गरेका छन् । उपचारका लागी जिल्ला अस्पतालमा सामान्य सिटामोल, जिवनजल, जुकाको औषधी समेत नपाउदा बाहिर औषधी पसलमा किन्नु पर्ने वाध्यता रहेको एक स्थानियवासीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अठ्ठाईस जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार
गेट वय टु दुदे दह पर्यटकीय पद मार्ग निर्माण
कर्णाली प्रदेशको हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९