राज शाही शुक्रबार, आषाढ १३, २०८२ मा प्रकाशित

लेखक बसन्त रोकायाको खण्डकाव्य ‘भोट, हिमाल र यार्चा खण्ड काव्यको परिचर्चा कार्यक्रम भव्यताका साथ संचालन गरिएको छ । सोही परिचर्चाका कार्यक्रमको अध्यक्षता नेपाली लेखक संघका जिल्ला अध्यक्ष मधु वस्नेत शाहीको र प्रमुख आतिथ्य जिल्ला समन्वय सिमितिका प्रमुख शिवराज शर्माको रकेहो कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल लगाएतका जन प्रतिनिधिको उपस्थित रहेको थियो । रेडियो कैलासले प्रत्यक्ष प्रसारण गरेको उक्त कार्यक्रममा उक्त खण्ड काव्यहरुको परिचार्चा संगै वस्लेषण लेखक संघका जिल्ला अध्यक्ष मधु वस्नेत शाही, लेखापाल नविन शाही र शिक्षा अधिकृत कुन्जोक लामाले टप्पोणी गरेका थिए ।

सोही टोप्पणीका क्रममा वर्तमान राजनिती परिस्थितिलाई चित्रण गरिएको भोट मा यसको महत्व र गरिमालाई प्रस्तुत गरिएको टिप्पोणी कर्ता नविन शाहीले  बताएका थिए ।‘हाम्रो देशमा एजेण्डाको राजनिती भएन, विकासको राजनिति भएन, एजेण्टको राजनिति भयो । भोटको राजतिति भयो । यसैलाई पुस्तकमा समावेश गरेको पाइएको अर्का टिर्पोणी कर्ता कुन्जोक लामाले सोही कार्यक्रममा बताएका थिए ।

उक्त खण्ड काव्यका लेखक बसन्त रोकाया (वस्नेतश्री) को जिवनी संगै भोट, हिमाल र यार्चाको शिर्षक राख्नुको अर्थका बारेमा टिर्पोणी कर्ता मधु बस्नेत शाहीले यसरी बताएकी थिइन । सोही कार्यक्रममा मानसरोर र बालमन्दिरका विद्यार्थीहरुले आफ्नो कला गला सँगै साहित्य गजल प्रस्तुत गरेका थिए ।

सुक्रबार दिनको २ वजेबाट सदरमुकाम सिमकोटको मानसरोवर होटलमा संचालन भएको कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी जिल्ला समन्वय प्रमुख शिवराज, सबै राजनैतिक दलको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष ज्ञानी वुमी, सर्मा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख चाहाना सर्मा लगाएतकाले शुभकामना व्यक्त गरेका थिए भने लेख वसन्त रोकायाले उक्त खण्ड काव्य माथि थप प्रस्ट पारेका थिए ।साहित्यकार रोकायाले यसअघि अक्षर या चित्कारहरु, हत्या गरौँ कि आत्महत्या, गाउँको व्यथा, एक कथा दुई नायिका, रोयर हाँसेका जिन्दगीहरु, उज्यालोको खोजी, रुपान्तरण, बुनु, मधुमानव, हिमाल र यार्सा बजारमा ल्याईसकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९