हुम्ला जिल्लाका २ वटा विद्यालयमा लागु औषध रोकथाम तथा न्यूनिकरण र साईवर अपराध” सम्बन्धि बिद्यालय कक्षा संचालन गरिएको छ । उक्त कक्षा जिल्ला प्रहरी कार्यालय हुम्लाले अषाढ ८ गते संचालन गरेको हो । लागु औषध ओसार पसार सम्बन्धी सप्ताव्यापी दिवस चलि रहेकै अवसरमा उक्त कक्षा संचालन गरिएको हो ।
उक्त कक्षा कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निवर्वाचन क्षेत्र (ख) को सिमकोट गाउँपालिका वडा नं २ र ३ मा स्थापित रलिङ माध्यामिक विद्यालय वरगाउँ र रामदेव माधामिक विद्यालय ठेहमा संचालन गरेको थियो । सोही विद्यालयमा अध्यनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरि सो कार्यक्रम संचालन गरिएको जानकारी प्राप्त भएको छ । सो कक्षा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठद्धारा प्रशिक्षण गरिएको थियो ।

उक्त कक्षामा हुम्ला जिल्लामा लागुऔषध दुरुपयोग र ओसारपसारको अवस्था, युवा तथा बालबालिकालाई लागु औषधबाट जोगाउनका लागी गरिएका पहल, लागु औषध सेवन तथा ओसार पसार गर्नेलाई हुने जरिवाना र सजाय सम्बन्धि प्रशिक्षण गरिएको जानकारी प्राप्त भएको छ ।
