राज शाही मंगलबार, आषाढ १०, २०८२ मा प्रकाशित

हुम्ला जिल्लाका २ वटा विद्यालयमा लागु औषध रोकथाम तथा न्यूनिकरण र साईवर अपराध” सम्बन्धि बिद्यालय कक्षा संचालन गरिएको छ । उक्त कक्षा जिल्ला प्रहरी कार्यालय हुम्लाले अषाढ ८ गते संचालन गरेको हो । लागु औषध ओसार पसार सम्बन्धी सप्ताव्यापी दिवस चलि रहेकै अवसरमा उक्त कक्षा संचालन गरिएको हो ।

उक्त कक्षा कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निवर्वाचन क्षेत्र (ख) को सिमकोट गाउँपालिका वडा नं २ र ३ मा स्थापित रलिङ माध्यामिक विद्यालय वरगाउँ र रामदेव माधामिक विद्यालय ठेहमा संचालन गरेको थियो । सोही विद्यालयमा अध्यनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरि सो कार्यक्रम संचालन गरिएको जानकारी प्राप्त भएको छ । सो कक्षा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठद्धारा प्रशिक्षण गरिएको थियो ।

उक्त कक्षामा हुम्ला जिल्लामा लागुऔषध दुरुपयोग र ओसारपसारको अवस्था, युवा तथा बालबालिकालाई लागु औषधबाट जोगाउनका लागी गरिएका पहल, लागु औषध सेवन तथा ओसार पसार गर्नेलाई हुने जरिवाना र सजाय सम्बन्धि प्रशिक्षण गरिएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९