राज शाही आइतबार, आषाढ ०७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

खार्पूनाथ गाउँपालिकाका लागि कोरोना भाइरस कोभिण्ड १९ संक्रमण विरुद्धका स्वस्थ सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर, आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग, पर्यटन प्रवर्तक, फोटोग्राफर तथा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याङचुका स्थानीय बासिन्दा देबेन्र्द बहादुर शाहीको पहलमा बरिस्ठ कलाकार हरिवंश आचार्य र कर्णप्रिय गायिका आनी छोइङ डोल्माले उक्त सहयोग गरेका हुन ।

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकालाई सहयोग गरिएका स्वास्थ्य सामाग्रीमा २० थान पीपीइ सेट, गमबुट, फेसशिल्ड, केएन ९५ मास्क, सानीटाइजर २४ थान, फर्स्ट एड किट्स रहेका छन् । ऊक्त स्वस्थ सामग्रीहरु काठमांडौबाट पालिका सम्म पुरयाउन पहल गरी आज तरुण दलका सचिब चन्द्र रावलले गाऊपालीका अध्यक्ष कर्णबहादुर रावललाई हस्तानतरण आइतबार गरेका छन् ।

कोराना भाइरस कोभिन्ड १९ को माहामारीले विश्वनै आक्रान्त बनीरहेको छ । यसको औषधी अहिले सम्म पत्ता लागेको छैन । यसको नियन्त्रणका लागी सरसफाइलाई पहिलो प्राथामिकतामा राखिएको छ । सावुन पानीले २० सेकेण्ड सम्म हात मिचिमिचि धुनू, सेनिटाइजर लगाउनु र मुखमा माक्स लागउने कार्यलाई पहिलो प्राथामिकतामा राखिएको छ ।

हुम्ला जिल्लामा अहिले सम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैन । १ जना हुम्लामा भेटिएको भनिए पनि निज विगत २०५२ साल देखि नै जुम्ला जिल्लामा बस्दै आएका व्यक्ति हुन । उनी २०५२ साल देखि कर्णाली प्राविधिक शिक्षालय जुम्लामा कार्यरत रहँदै आएका छन् । निजको घर परिवार बालबच्चा सबै जुम्लामै बसोबास गर्दै आएका छन् ।

हुम्ला जिल्लामा कोरोना भाइरसको कंक्रमण नभित्रीयोस भन्ने हेतुले जिल्लाका राजनैतिक दल देखि तिनै तह तप्काका व्यक्तित्वय जनप्रतिनिधि लागी परेका छन् । हुम्ला जिल्लामा संचालित सरकारी तथा गैर सरकारी संस्थाले पनि सो भाइरस भित्रिन नदिनका लागी सरसफाइका सामाग्रीहरु वितरण गर्दै आइरहेका छन् । सामाजिक दुरी कायम गरि गाउ बस्तिमा पुगी सरसफाइ सम्बन्धी जनचेतना मुलक कार्यक्रम पनि संचालन गरि रहेका छन् ।

जिल्ला बाहिरबाट भित्रीएका हुम्लीहरु पनि आफै स्वत स्फुर्तरुपमा क्वारेन्टिमा अनुशासीत तवरले बस्दै आएका छन् । मापदण्ड विनै बनेका क्वारेन्टिनमा पनि हुम्लीहरु एक आपसमा सदभाव र सरकारको आदेश पालना गरि वसी रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९