राज शाही आइतबार, आषाढ ०७, २०७७ मा प्रकाशित

हुम्ला

खार्पूनाथ गाउँपालिकाका लागि कोरोना भाइरस कोभिण्ड १९ संक्रमण विरुद्धका स्वस्थ सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर, आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग, पर्यटन प्रवर्तक, फोटोग्राफर तथा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याङचुका स्थानीय बासिन्दा देबेन्र्द बहादुर शाहीको पहलमा बरिस्ठ कलाकार हरिवंश आचार्य र कर्णप्रिय गायिका आनी छोइङ डोल्माले उक्त सहयोग गरेका हुन ।

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकालाई सहयोग गरिएका स्वास्थ्य सामाग्रीमा २० थान पीपीइ सेट, गमबुट, फेसशिल्ड, केएन ९५ मास्क, सानीटाइजर २४ थान, फर्स्ट एड किट्स रहेका छन् । ऊक्त स्वस्थ सामग्रीहरु काठमांडौबाट पालिका सम्म पुरयाउन पहल गरी आज तरुण दलका सचिब चन्द्र रावलले गाऊपालीका अध्यक्ष कर्णबहादुर रावललाई हस्तानतरण आइतबार गरेका छन् ।

कोराना भाइरस कोभिन्ड १९ को माहामारीले विश्वनै आक्रान्त बनीरहेको छ । यसको औषधी अहिले सम्म पत्ता लागेको छैन । यसको नियन्त्रणका लागी सरसफाइलाई पहिलो प्राथामिकतामा राखिएको छ । सावुन पानीले २० सेकेण्ड सम्म हात मिचिमिचि धुनू, सेनिटाइजर लगाउनु र मुखमा माक्स लागउने कार्यलाई पहिलो प्राथामिकतामा राखिएको छ ।

हुम्ला जिल्लामा अहिले सम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैन । १ जना हुम्लामा भेटिएको भनिए पनि निज विगत २०५२ साल देखि नै जुम्ला जिल्लामा बस्दै आएका व्यक्ति हुन । उनी २०५२ साल देखि कर्णाली प्राविधिक शिक्षालय जुम्लामा कार्यरत रहँदै आएका छन् । निजको घर परिवार बालबच्चा सबै जुम्लामै बसोबास गर्दै आएका छन् ।

हुम्ला जिल्लामा कोरोना भाइरसको कंक्रमण नभित्रीयोस भन्ने हेतुले जिल्लाका राजनैतिक दल देखि तिनै तह तप्काका व्यक्तित्वय जनप्रतिनिधि लागी परेका छन् । हुम्ला जिल्लामा संचालित सरकारी तथा गैर सरकारी संस्थाले पनि सो भाइरस भित्रिन नदिनका लागी सरसफाइका सामाग्रीहरु वितरण गर्दै आइरहेका छन् । सामाजिक दुरी कायम गरि गाउ बस्तिमा पुगी सरसफाइ सम्बन्धी जनचेतना मुलक कार्यक्रम पनि संचालन गरि रहेका छन् ।

जिल्ला बाहिरबाट भित्रीएका हुम्लीहरु पनि आफै स्वत स्फुर्तरुपमा क्वारेन्टिमा अनुशासीत तवरले बस्दै आएका छन् । मापदण्ड विनै बनेका क्वारेन्टिनमा पनि हुम्लीहरु एक आपसमा सदभाव र सरकारको आदेश पालना गरि वसी रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९