राज शाही मंगलबार, आषाढ १०, २०८२ मा प्रकाशित

हुम्लाजिल्लाको खार्पुनाथ गाउँपालिकाले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार सम्पन्न गाउँसभाको १७ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याएको हो । स्थानीय तहले असार १० गते भित्र अनिवार्य नीति र बजेट ल्याउने प्रावधाननुसार खार्पुनाथ गाउँपालिकाले  असार १० गतेनै नीति कार्यक्रम र बजेट ल्याएको हो ।

बजेट तर्जुका समितिका संयोजक तथा उपाध्यक्ष ज्ञानबहादुर सिंहले आगामी आवका लागि ४७ करोड ६४ लाख ४ सय ९९ रुपैंया बराबरको बजेट प्रस्तुत गरेका थिए । उनका अनुसार संघ प्रदेश बाट प्राप्त अनुदानका आधारमा डल्लो बजेट प्रस्तुत भएको र शाखागत रुपमा बाडँफाँड हुन बाँकी रहेको छ । बजेट माथि छलफल गरेर प्रथामकिताका क्षेत्रमा बजेट विनियोजन गरिने छ ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । खार्पुनाथ गाउँपालिकाका नारिकका माग र आबश्यकतालाई मध्यनजर गरि गाउँबस्तिबाट छनौट भई आएका योजनालाई नीतिमा जोड दिईएको उनको बताएका छन । विशेष गरि कृषि, शिक्षा, स्वास्थ्य तथा सरसफाई, पूर्वाधार विकाशमा विशेष प्रथामिकता दिईएको उल्लेख गरेका छन  ।

खार्पुनाथ गाउँपालिकाका सम्भावनाहरुलाई अबसरमा रुपान्तरण गर्ने,रोजगारी सृजना गर्ने, आबश्यकतामा आधारित विकासलाई जोड दिने, उत्पादन बढाएर आत्मनिर्भर बन्ने जस्ता नीतिलाई जोड दिइएको छ । नागरिकलाई घरदैलोमा स्थानीय सरकारको अनुभूति हुने गरी सेवा प्रवाह तथा विकासका गतिविधिलाई अघि बढाईने छ ।

कूल ४७ करोड  ६४ लाख ४ सय ९९ रुपैंया बजेट मध्य खार्पुनाथमा संघिय सरकारबाट ४३ करोड २ लाख ४८ हजार ७ सय २० रुपैया प्राप्त भएको छ ।  प्रदेश सरकारबाट  ४ करोड ४१ लाख ५१ हजार ४ सय ५१ रुपैंया बजेट आएको छ । आन्तरिक आम्दानीमा कमजोर स्थानीय सरकार संघ र प्रदेशकै अनुदानको भरमा बजेट ल्याउने गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९