हुम्लाजिल्लाको खार्पुनाथ गाउँपालिकाले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार सम्पन्न गाउँसभाको १७ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याएको हो । स्थानीय तहले असार १० गते भित्र अनिवार्य नीति र बजेट ल्याउने प्रावधाननुसार खार्पुनाथ गाउँपालिकाले असार १० गतेनै नीति कार्यक्रम र बजेट ल्याएको हो ।

बजेट तर्जुका समितिका संयोजक तथा उपाध्यक्ष ज्ञानबहादुर सिंहले आगामी आवका लागि ४७ करोड ६४ लाख ४ सय ९९ रुपैंया बराबरको बजेट प्रस्तुत गरेका थिए । उनका अनुसार संघ प्रदेश बाट प्राप्त अनुदानका आधारमा डल्लो बजेट प्रस्तुत भएको र शाखागत रुपमा बाडँफाँड हुन बाँकी रहेको छ । बजेट माथि छलफल गरेर प्रथामकिताका क्षेत्रमा बजेट विनियोजन गरिने छ ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । खार्पुनाथ गाउँपालिकाका नारिकका माग र आबश्यकतालाई मध्यनजर गरि गाउँबस्तिबाट छनौट भई आएका योजनालाई नीतिमा जोड दिईएको उनको बताएका छन । विशेष गरि कृषि, शिक्षा, स्वास्थ्य तथा सरसफाई, पूर्वाधार विकाशमा विशेष प्रथामिकता दिईएको उल्लेख गरेका छन ।

खार्पुनाथ गाउँपालिकाका सम्भावनाहरुलाई अबसरमा रुपान्तरण गर्ने,रोजगारी सृजना गर्ने, आबश्यकतामा आधारित विकासलाई जोड दिने, उत्पादन बढाएर आत्मनिर्भर बन्ने जस्ता नीतिलाई जोड दिइएको छ । नागरिकलाई घरदैलोमा स्थानीय सरकारको अनुभूति हुने गरी सेवा प्रवाह तथा विकासका गतिविधिलाई अघि बढाईने छ ।

कूल ४७ करोड ६४ लाख ४ सय ९९ रुपैंया बजेट मध्य खार्पुनाथमा संघिय सरकारबाट ४३ करोड २ लाख ४८ हजार ७ सय २० रुपैया प्राप्त भएको छ । प्रदेश सरकारबाट ४ करोड ४१ लाख ५१ हजार ४ सय ५१ रुपैंया बजेट आएको छ । आन्तरिक आम्दानीमा कमजोर स्थानीय सरकार संघ र प्रदेशकै अनुदानको भरमा बजेट ल्याउने गरेका छन् ।