हुम्ला जिल्लामा, जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले स्वास्थ्यका क्षेत्रमा योगदान पुराउदै आएका छन् । बालबालिकाको मृत्यु दर घटाउन, पोषण युक्त खानपानमा ध्यान दिन र सरसफाई लाइ पहिलो प्रथामिकतामा राख्नका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले स्थानिय स्तरमा जनचेतना फैलाउनुका साथै आफ्नै लगानीमा सरसफाइ र स्वास्थ्य चेकजाच गर्ने काम गरी रहेका छन् । यसै बीच हुम्ला जिल्लामा विगत लामो समय देखि स्थापित गुड नेवर्स इन्ट्रनेसलको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधक संगै समन्वयमा ३ सय १० जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।

अषाढ ८ गतेबाट सिमकोट गाउँपालिकाको वडा नं ८ बाट सुरु भएको स्पोन्सर बालबालिकाको स्वास्थ्य परिक्षणका क्रममा आज सिमकोट गाउँपालिकाको वडा ७ मा परिक्षण गर्दा ३ सय १० जना पुगेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका स्वास्थ्य संयोजक राजु भण्डारीले बताएका छन् ।
जसमा सिमकोट गाउँपालिका वडा नं ८ को सैपाल माध्यामिक विद्यालय स्याडामा स्पोन्सर ९० जना र ननस्पोन्सर ३० जना गरी १ सय २० जना, बलभद्र आधारभुत विद्यालयमा स्पोन्सर ६० जना त्यसै गरी सिमकोट गाउँपालिका वडा नं ७ को कैलास माध्यामिक विद्यालयमा स्पोन्सर ९० जना र ननस्पोन्सर ४० जना गरी १ सय ३० जना गरी जम्मा ३सय १० जनाबालबालिकाको स्वास्थ्य परिक्षण गरिएको संयोजक भण्डारीले बताएका छन् ।

उक्त परिक्षण कार्य डाँडाफया स्वास्थ्य चौकी इन्चार्ज सन्तोष रोकाया र अनमी रमिता रोकायाको सहयोगमा सो चेक जाँच गरिएको भण्डारीले बताएका छन् । उक्त संस्था हुम्ला जिल्लाको ४ वटा गाउँपालिकामा लागु भएको छ । जसमा सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिका रहेका छन् । आर्थिक वर्ष ८१।८२ मा आफ्नो संस्था लागु भएको क्षेत्रका १६ सय ४५ बालबालिकाको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य लिएको यो कार्य अषाढ ८ गतेबाट सुरु गरीएको र अन्य गाउँपालिकामा पनि क्रमस परिक्षण गर्दै जाने संयोजक भण्डारीले बताएका छन् ।
