राज शाही शनिबार, आषाढ ०७, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

बालश्रम तथा बालविवाह मुक्त  जिल्लाकै पहिलो हुम्लाको खार्पुनाथ गाउँपालिका घोषणा भएको छ ।  आफ्नो विभिन्न तयारीका साथ गाउँपालिकाले बालश्रम तथा बालविवाह मुक्त गाउँपालिका   शनिवार घोषणा गरेको हो । जिल्लाका ७ वटा स्थानीय तह मध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बाल विवाह मुक्त पालिका घोषणा पहिलो स्थानीय तह भएको छ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार शनिबार गाउँपालिकाको केन्द्रमा गई कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री जिवनबहादुर शाहीले घोषणा गर्ने कार्यक्रम भएपनि विशेष परस्थितिको कारण भौतिक उपस्थितिमा नभई डिजिटल प्रविधि मार्फत पहिलो पटक सुर्खेतबाटै कार्यक्रमको उद्धघाटन गरेका हुन । जिल्लाको खार्पुनाथ गाउँपालिका स्थानीय, सरोकारवाला निकाय, महिला बालबालिका सरकारी तथा गैर सरकारी निकायका प्रमुख एव प्रतिनिधि, संचारकर्मी, नागरिक समाज, शिक्षक विद्यार्थीको उपस्थितिमा एक कार्यक्रमका बिच सो गाउँपालिकालाई  बालश्रम तथा बालविवाह मुक्त घोषणा गरेको हो ।

स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त गाउँपालिकालाई शनिवार बालश्रम तथा बाल विवाह मुक्त गाउपालिका घोषणा गरिएको छ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बालश्रम तथा बालविवाह मुक्त अभियानमा स्थानीय सरकारसँगै सरोकारवाला निकाय र स्थानीय गैरसरकारी संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताएका छन । उनका अनुसार आगामी दिनमा यस गाउँपालिकामा बालश्रम तथा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र तोकेको दण्ड सजायका लागी पहल गर्ने पनि बताएका छन ।  यस अभियानमा साथ दिने, स्थानियवासी, विद्यालय, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूलाई धन्यवाद दिँदै बालश्रम तथा बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व भएको बताएका छन् ।

जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले बालश्रम तथा  बालविवाह मुक्त गर्नु राम्रो पक्ष हो ।  कोही सकैले बालश्रम तथा बालविवाह गरेको खण्डमा सरकारले दिने सेवा सुविधा रोक्नु पर्ने बताउँदै स्थानिय सरकारले गरेका राम्रा कामलाई सफल बनाउनका लागी नागरिकले सहयोग गर्नुपर्ने बताएका छन ।

बालश्रम तथा बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागु, बालश्रम तथा बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले गाउँपालिकालाई बालश्रम तथा बाल विवाहमुक्त घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले दाबी गरेको छन ।

धार्मिक मान्यताको रूपमा हुँदै आएको बालविवाहलाई अपराध वा घटनाको रूपमा बुझ्न वर्तमान समयको माग भएको प्रमुख जिल्ला अधिकारी नारायण पाँण्डेयले बताएका छन् । कर्णाली क्षेत्रमा बालश्रम तथा बालविवाह धेरै भएकाले न्यूनीकरण गरी बालश्रम तथा बालविवाह न्यूनीकरण गर्न सूचकहरूको आधारमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी पाँण्डेयले बताएका छन् ।

उक्त कार्यक्रम खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षता र  कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको प्रमुख आतिथ्य सँगै जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको विशेष आतिथ्यमा संचालन भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाही, उपाध्यक्ष ज्ञानबहादुर सिंह लगायतको उपस्थि रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९