सिमकोटगाउँपालिका पशु शाखाको आर्थिक सहयोगमा १४ वटा चौरी गाइ वितरण गरिएको छ । उक्त वितरण कार्य सिमकोट गाउँपालिका वडा नं ८ का ७ जना कृषकलाइ प्रति कृषक २।२ वटाका दरले चौरी गाइ वितरण गरेको पशु शाखा प्रमुख विष्णु वुमीले बताएका छन् । उक्त चौरी गाइ नाम्खा गाउँपालिका वडा नं ३ को लुयटा भन्ने खर्कमा पशु पालक कृषक रहेकै ठाउँमा सिमकोट गाउँपालिकाका कर्मचारी पत्रकार सरोकारवाला निकायको रोहवरमा वितरण गरिएको हो ।
उक्त चौरी गाइ पाउने कृषकमा मानबहादुर वुढा, विरवहादुर वुढा, भक्तविर दमाइ, भैबहादुर वुढा, रत्न वुढा, देवबहादुर बोहोरा र जनक बहादुर शाही रहेका छन् । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा कृषकहरुलाई चौरी गाइ वितरण गर्नु अघि चौरी गाइ प्राप्त गर्ने किसानलाई २ दिने तालिम समेत दिएको थियो । उक्त तालिममा किसानहरुलाई चौरी गाइ पाल्ने तरिका, औषधी उपचार गर्ने विधि, के कसरी दानापानी घाँसको व्यवस्थापन गर्ने, के कस्तो पोषण युक्त खाने कुरा खुवाउने जस्ता विषयमा कृषकलाई तालिम दिएको प्राविधिक विष्णु वुमीले बताएका छन ।

याक प्रवधनका लागी उक्त याक वितरण गरिएको र हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ८ याक पालनका लागी राम्रो बातावरण भएको र सो वडालाई पशुपालनका क्षेत्रमा आत्म निरभर बनाउनका लागी पनि उक्त याक वितरण गरिएको सिमकोट गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत वर्षबहादुर फडेराले बताएका छन् ।