राज शाही शनिबार, आषाढ ०७, २०८२ मा प्रकाशित

सिमकोटगाउँपालिका पशु शाखाको आर्थिक सहयोगमा १४ वटा चौरी गाइ वितरण गरिएको छ । उक्त वितरण कार्य सिमकोट गाउँपालिका वडा नं ८ का ७ जना कृषकलाइ प्रति कृषक २।२ वटाका दरले चौरी गाइ वितरण गरेको पशु शाखा प्रमुख विष्णु वुमीले बताएका छन् । उक्त चौरी गाइ नाम्खा गाउँपालिका वडा नं ३ को लुयटा भन्ने खर्कमा पशु पालक कृषक रहेकै ठाउँमा सिमकोट गाउँपालिकाका कर्मचारी पत्रकार सरोकारवाला निकायको रोहवरमा वितरण गरिएको हो ।

उक्त चौरी गाइ पाउने कृषकमा मानबहादुर वुढा, विरवहादुर वुढा, भक्तविर दमाइ, भैबहादुर वुढा, रत्न वुढा, देवबहादुर बोहोरा र जनक बहादुर शाही रहेका छन् । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा  कृषकहरुलाई चौरी गाइ वितरण गर्नु अघि चौरी गाइ प्राप्त गर्ने किसानलाई २ दिने तालिम समेत दिएको थियो । उक्त तालिममा किसानहरुलाई चौरी गाइ पाल्ने तरिका, औषधी उपचार गर्ने विधि,  के कसरी दानापानी घाँसको व्यवस्थापन गर्ने, के कस्तो पोषण युक्त खाने कुरा खुवाउने जस्ता विषयमा कृषकलाई तालिम दिएको प्राविधिक विष्णु वुमीले बताएका छन ।

याक प्रवधनका लागी उक्त याक वितरण गरिएको र हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ८ याक पालनका लागी राम्रो बातावरण भएको र सो वडालाई पशुपालनका क्षेत्रमा आत्म निरभर बनाउनका लागी पनि उक्त याक वितरण गरिएको सिमकोट गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत वर्षबहादुर फडेराले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९