राज शाही मंगलबार, जेठ २८, २०८२ मा प्रकाशित

अति गरिव र विपन्न नागरिहरुलाई ५ सय ६४ जोर कपडा र १ सय थान सारी वितरण गरिएको छ । उक्त वितरण कार्य खार्पुनाथ गाउँपालिकाका ५ वटै वडामा वितरण गरिएको जानकारी प्राप्त भएको छ । उक्त वितरण कार्य नेपाली फिलिम जगतका महानायक राजेश हमाल संरक्षक रहेको कपडा बैंक नेपालको आर्थिक सहयोग र खार्पुनाथ गाउँपालिकाको सहकार्यमा उक्त कपडा तथा सारी वितरण गरेको बताएका छन् ।

उक्त कपडा खार्पुनाथ सम्म पुर्याउन र पहल गर्न सहयोग कपडा बैंकका अध्यक्ष कमल विसि  र सदस्य विजय सापकोटा तथा प्रभु बैंक खार्पुनाथ शाखाका मेनेजर मेघाराज रहेका छन् ।उक्त कपडा वितरण कार्यले खार्पुनाथ गाउँपालिकाका ५ वटै वडाका गरिव विपन्नलाई राहत पुगेको सोही गाउँपालिकाका खरिदार भक्ति उपाध्यायले बताएका छन् ।यो सँगै खार्पुनाथ गाउँपालिकामा कपडा बैक पनि स्थापना भएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९