राज शाही आइतबार, जेठ १९, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

सर्केगाड गाउँपालिका हुम्लाको समन्वय, सेवा फाउन्डेसनको आर्थिक तथा तिलगंगा आँखा अस्पतालको प्राबिधिक सहयोगमा ३ दिने आँखा सिविर सम्पन्न भएको छ । जेठ  १६,१७ र १८ गते निस्शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविर  सायाँ स्वास्थ्य चौकी सर्केगाडमा सन्चालन भएको  हो  ।

तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर कौशल पोखरेलको नेतृत्वमा संचालन भएको  उक्त  शिविरमा ३ सय ४० जनालाई सामान्य आँखा जाँच तथा औषधी वितरण गरियको र  ४४ जना मोतिबिन्दु र १ जनाको आँखामा मासु पलायको साधारण शल्यक्रिया गरि जम्मा ३ सय ८५ जनाको उपचार गरिएको छ । जसमा ४५ जनाको आँखाको शल्यक्रिया भएको साँया स्वास्थ्य चौकी इन्चार्ज बबरजंग पालले बताएका छन् ।

२ दिनको लागि शिविर संचालन गर्ने भनीयता पनि बिरामिको चाप र मागले १ दिन थप गरि ३ दिन सम्मा सञ्चालन भएको इन्चार्ज पालले बताएका छन । यस शिविरमा सर्केगाड गाउँपालिकाका ४२ जना, खार्पुनाथ गाउँपालिकाका २ जना र चंखेलि गाउँपालिकाका १ जना गरी   महिला २५ जना पुरुष २० जना गरी जम्मा ४५ जनाले आँखाको शल्यक्रिया गरेको जानकारी प्राप्त भएको छ ।

सो शिविरमा सेवा फाउन्डेसन बाट कोडिनेटर डाक्टर विनिता शर्मा सहित २ जना र तिलगंगा अस्पतालबाट डाक्टर पोखरेल सहित ४ जना लाई विशेष धन्यवाद साथै शिविर सञ्चालनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगमा लाग्ने सबैलाई आभार सर्केगाड गाउँपालिकाले व्यक्त गरेको छ   । शिविर घर आगनमा संचालन भएकोले सेवाग्राहीहरु खुशि हुँदै सन्चालनमा सहयोग समन्वय गर्नेलाई स्थानियवासीले धन्यवाद समेत दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अठ्ठाईस जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार
गेट वय टु दुदे दह पर्यटकीय पद मार्ग निर्माण
कर्णाली प्रदेशको हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९