राज शाही बुधबार, जेठ १५, २०८२ मा प्रकाशित

राष्ट्रिय सडक संजाल सँग नजोडिएको हुम्ला जिल्ला सदरमुकाम सिमकोट अवको केही महिनामा जोडिने पक्का भएको छ । कर्णाली करिडोर अन्तरगत खार्पु दोजाम कर्णाली नदीमा पुल नभए पछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आम्सिकरुपमा सडक जोडिएको छ । नेपालका ७७ जिल्ला मध्य हुम्ला जिल्लाको सदरमुकाम हाल सम्म  राष्ट्रिय सडक संजालसँग जोडिएको छैन ।

यस अघि उक्त नदिमा पुल निर्माणको ठेक्का लागेको भए पनि पिलरका लागी जग खन्ने क्रममा तातो पानी निक्लेपछि उक्त पुल निर्माण कार्यमा ढिलाइ भएको छ । हाल उक्त पुल निर्माणका लागी पिलर निर्माण कार्य भइ सकेको भए पनि पुल ढलान कार्य हुन सकेको छैन । सो नदीमा वेली वृज निर्माणका लागी नेपाली सेनाले वृजको सामाग्री सबै निर्माण स्थलमा पुर्याइ सकेको पाइएको छ ।

नेपाली सेनाले अषाढ मसान्त सम्म उक्त नदीमा वेली वृज निर्माणको लागी फाउन्डेसन निर्माण कार्या स्थानियवासी सँगै सेना आफैले हाल तिव्ररुपमा गरि रहेका छन् । फाउन्डेसनको दुई तह ढलान कार्य गरी अन्य आवश्यक तह निर्माण कार्य तिव्र गतिमा गरि रहेको छ । उक्त निर्माण कार्यलाई हेर्दा आषाढ १५ गते अघि नै निर्माण कार्य पुरा हुने देखिन्छ । हाल सो नदिमा यस अघि पानीको बहाव कम हुँदा वलेरो जिप सँगै ट्याक्टरहरु वार पार गरे पनि यो पछिल्लो समय नदीमा पानीको बहाव बढ्दा वलेरो जिप ट्याक्टर लगायतका अन्य साना सवारी साधनले वार पार गर्न सकेका छैनन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९