राज शाही मंगलबार, जेठ १४, २०८२ मा प्रकाशित

नेपाल प्रेस युनियन जिल्ला शाखा हुम्लाले आज आफ्नो ३४ औ स्थापना दिवस जिल्लामा प्रभात फेरी कार्यक्रम संचालन गरी मनाएको छ । जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्रीक चोकमा जम्मा भइ व्यान सहित सिमकोट बजार परिक्रम गरी तल्लो बजार सम्म पुगी प्रेस युनियनको स्थापना दिवस मनाएको थियो । प्रेश युनियनको केन्द्रिय निर्देशन अनुसार आज पहिलो दिन प्रभावत फेरी कार्यक्रम संचालन गरेको छ भने यसै गरी विरामी लाइ फलफुल फुटल आयोजना लगायतका अन्य काम पनि क्रमस गर्दै जाने नेपाल प्रेश युनियन जिल्ला शाखा हुम्लाको जेठ १२ गते बसेको बैठकले निर्णय गरेको छ ।

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको थियो । श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो । स्थापनाकालदेखि नै यसले पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ ।

२०४८ सालमा स्थापना भएको यो सङ्गठन यतिखेर व्यवसायिक तथा पेशागत रूपमा स्थापित हुँदै आएको छ । यसको उत्पत्ती नै ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । ट्रेड युनियन संसारका सम्पूर्ण श्रमजीवीहरूको संरक्षणको केन्द्र हो । ट्रेड युनियन कुनै औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरु मात्र नभई सबैखाले काम गरेर जीविकोपार्जन गर्ने शिक्षक, कर्मचारी, किसान, पत्रकारहरूको हकहित संरक्षण ट्रेड युनियनवाद भित्र अन्तरनिहीत रहेको नेपाल प्रेश युनियन हुम्लाका अध्यक्ष राज शाहीले बताएका छन्  । नेपालका सञ्चारकर्मीहरूलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९