राज शाही शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित

 

लामा साँस्कृतिक मञ्च हुम्लाको सदरमुकाम सिमकोटमा रहेको आफ्नै भवनमा छैटौ साधरण सभा सम्पन्न भएको छ । वार्षिक साधरणसभामा २०८०।०८१ को आय व्ययका साथै आगामी प्रस्तावित बजेट सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।लामा सांस्कृतिक मञ्चका सचिव सुर्य लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लामा सांस्कृतिक मञ्चकी कोषाध्यक्ष पाल्मु लामाले २०८०।०८२ को आय तर्फ ६ लाख २३ हजार नौ सय १७ रुपैयाँ १३ पैसा र व्याय तर्फ ७६ हजार सात सय ७६ रुपैयाँ ५४ पैसा को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

यसैगरी आगामी २०८१।०८२ को प्रस्तावित बजेटको लागि आयतर्फ ७१ लख ७४ हजार दुई ८४ रुपैयाँ २० पैसा र व्याय तर्फ ६८ लाख ५९ हजार आठ सय ६६ रुपैयाँ ५४ पैसा रहेको छ । आगामी प्रस्तावित बजेटको  आर्यतर्फको व्याज आम्दानी, घरभाडा, चियान टहरा निर्माणका लागि अनुदान, मञ्जको दोस्रो तला निर्माणका लागि अनुदान रहने भएको कोषाध्यक्ष लामाले बताएकी छन । त्यसैगरी  खर्चमा विद्युत महशुस, स्टेशनरी खर्च, मुक्र्ति तथा गुम्बा स्थापना, मञ्चको तेस्रो तला निर्माण, चियान टहरा निर्माण, सम्मान कार्यक्रम, कार्यालयलय व्यवस्थापन लगायतमा खर्च गरिने भएको छ ।

सांस्कृतिक मञ्चका अध्यक्ष छपाल दोर्जे लामाको अध्यक्षतामा र नाम्खा गाउँपालिका अध्यक्ष प्रमुख प्रेम बहादुर लामाको प्रमुख अथित्यमा छैटौ साधरण सभा सम्पन्न भएको हो । आजै भएको कार्यक्रममा सिमकोट गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष गोरख लामा, तीन नम्बर वडाका वडाध्यक्ष पामा लामा, चार नम्बकर वडाका वडाध्यक्ष प्रताव लामा, ६ नम्बर वडाका वडाध्यक्ष नन्द रावत, यसैगरी नेपाल आदिवासि जनजाति पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष नरजन तामाङ,मञ्चका पूर्व अध्यक्ष धर्मनन्द लामा, मञ्चका सल्लाहकार समितिका सदस्य नाग्म्याल लामा सदस्य लोटइ लामा लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अथिती रहेका  नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले आदिवासि जनजाती हुम्लो अझै पनि सुचिकृत हुन नसकेको बताएका छन। यहाँका लामा समुदायहरु एकता भएर अगाडी बढ्नुका साथै आफ्नो पहिचानलाई लोभ हुन नदिन अध्यक्ष लामाले आग्रह गरेका हुन ।

त्यसैगरी नेपाल आदिवासि जनजाति पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष नरजन तामाङले लिमीदेखि दोजामसम्मका लामा समुदायहरुको आवाजहरु विधानमा समेटिनु पर्ने बताएका थिए । हुम्लाका लामा समुदायले कोहीले लामा लेख्ने कसैले तामाङ लेख्ने गरेका छन् । आदिवासि जनजाती हुम्लो सुचिकृतका लागि यहाँबाठ प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारको ध्यानकर्ण गर्नु पर्ने अध्यक्ष तामाङलेबताएका छन।

मञ्चका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता गरेका छपालदोर्जे लामाले मञ्चका हरेक विषय, हकहित लगायतमा लागि परिरहेको बताएका छन । मञ्चमा जाने बाटो व्यवस्थापनका लागि वडा नम्बर एकका वडाध्यक्ष गोरख लामाले रु एक लाख दिने घोषणा गरेका छन । त्यस्तै मुर्ति स्थापनाका लागि हुम्ला उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् मञ्चका सल्लाहकार समिति सदस्य नाम्ग्याल तामाङले पनि रु एक लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका छन । नेपाल आदिवासि जनजाती महासंघका पदाधिकारीलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९