राज शाही शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

पाठेघरकोमुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको महिलाको चेक जाँच गरिएको छ । १५ जना महिलामा पोजेटिप देखिए पछि एन्टोबाटिक दिइ पुन चेक जाँचका लागी जिल्ला अस्पताल हुम्लामा रिफर गरिएको जानकारी प्राप्त भएको छ । जस मध्य ३ जना महिलाको पाठेघर खसेको पाइएकाले रिङ प्रेसर हालेर पुन जिल्ला अस्पताल सिमकोट हुम्लामा रिफर गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा नर्सिङ स्टाप एव सिनियर अनमी मनमाया वली शाहीले बताएकी छन् ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र आधार नेपालको आर्थिक सहयोगमा उक्त स्केनिङको कार्य सोही गाउँपालिका वडा नं ७ र ८ मा संचालन भइ रहेको सिनिएर अनमि शाहीले बताएकी छन् । बैशाख २५ गते डाँडाफया स्वास्थ्य चौकीमा संचालन भएको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्केनिङमा ५० जनाको चेकजाँच गर्दा ८ जनामा पोजेटिप देखिएको र उनीहरुलाई एन्टोबाइटि एक हप्ताको लागी दिएको र पुन अस्पतालमा चेक जाँचका लागी रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयकी नर्सिङ इन्चार्जा सरिता बोहोराले बताएकी छन् ।

त्यसै गरी आज सुक्रबार सिमकोट गाउँपालिकाको वडा नं ८ साँता स्वास्थ्य चौकीमा ३४ जना महिलाको पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्केनिङ गर्दा ५ जनामा पोजेटिभ देखिएकाले १ हप्ताका लागी एन्टोबाइटि दिइ जिल्ला अस्पताल हुम्लामा रिफर गरिएको सिमकोट गाउँपालिका नर्सिङ स्टाप मनमाया वली शाहीले  बताएकी छन।

त्यसै गरी आजै सोही गाउँपालिका वडा नं ८ को स्याँडा स्वास्थ्य चौकीमा  यो समाचार तयार गर्पादा सम्म २१ जना महिलाको पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्केनिङ गर्दा २ जनामा पोजेटिप देखिएको र उनीहरुलाई एक हप्ताको लागी एन्टोवाइटिक दिइ जिल्ला अस्पतालमा रिफर गरिएको खवर प्राप्त भएको छ । सोही स्याँडा स्वास्थ्य चौकीमा ३ जना पाठेघर घरको केस भेटिएकाले निजहरुलाई रिङ प्रेसर हाली जिल्ला अस्पतालमा चेकजाँचका लागी रिफर गरिएको अनमी शाहीले बताएकी छन् । त्यसै गरी सिमकोट गाउँपालिकाका अन्य वडामा रहेका स्वास्थ्य संस्थामा पुगी पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्केनिङ हुने पनि शाहीले बताएकी हुन ।

सम्बन्धित

ताजा अपडेट
लामा साँस्कृतिक मञ्च हुम्लाको छैटौ साधरण सभा सम्पन्न 
पाठेघर मुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको चेक जाँच
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९