राज शाही शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको  सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा जिल्लामा कार्यरत ४ जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा पत्रकार महासंघका अध्यक्ष राजन रावत, रेडियो कैलासका निर्देश जनकबहादुर शाही, रेडियो कणाली आवजका कार्यक्रम संचालक ऐटन रावल र नेपाल टेलिभिजनका जिल्ला संवाददाता नरजन तामाङ रहेका छन् ।

यी ४ जना पत्रकारले सिमकोट गाउँपालिका पुर्ण खोप सुनिष्चित घोषित गर्नका लागी जिल्ला देखि राष्ट्रिय स्तर सम्म आफ्नो कलम चलाइ खोप लगाएका वा नलगाएका सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मको वस्ति सम्म पुगि निगरानी तथा अध्ययन अनुसन्धान गरी सबै बालबालिकाले पुर्ण खोप लगाएको सत्य तथ्य जानकारी समेत गाउँपालिका संगै स्वास्थ्य शाखा र सरोकारवाला निकायलाइ दिइ उत्कृष्ट कार्य गरेकाले सम्मानित गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् । उक्त गाउँपालिकाले यी ४ जना पत्रकारलाइ प्रमाण पत्र दिइ सम्मान गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
अठ्ठाईस जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार
गेट वय टु दुदे दह पर्यटकीय पद मार्ग निर्माण
कर्णाली प्रदेशको हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९