राज शाही शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

विद्यालय वन्द भएको मौका छोपी हुम्ला जिल्लाको मध्य क्षेत्रको १ विद्यालयमा चोरी भएको छ । चोरी हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ छ्यागी गाउँमा स्थापित पशुपति आधारभुत विद्यालय छ्यागी रहेको छ । उक्त विद्यालयमा १ महिनाको लागी जम्मा गरी राखेको विद्यार्थीको दिवा खाजा चोरी भएको सोही विद्यालयका प्रधानाध्यापक धनलाल शाहीले बताएका छन् । उक्त चोरी विहिवार राती भएको र चोरी भएको विद्यालयको मुचुल्काका लागी सर्केगाड प्रहरी चौकीलाई जानकारी गराएको प्रधानाध्यापक शाहीले बताएका छन् ।

यस अघि पनि विद्यालयको ताला फोडी अलि अलि चोरी गरी लिने गरेको भए पनि यस पटक विद्यालयको अफिस कोठाको ताला फोरी १ बोरा फुरनदाना, २ बोरा चना र चिउरा २ बोरा चोरी गरी लिएको प्रधाना ध्यापक शाहीले बताएका छन् । विद्यालयको तालाफोरी चोरी गर्नेको अनुसन्धान भइ रहेको र चोर पत्ता लागेमा कानूनी उपचारका लागी लाग्ने शाहीले बताएका छन् ।

गत चैत २० गतेबाट नेपाल शिक्षक महासंघको देश व्यापीरुपमा भइ रहेको आन्दोलनले विद्यालय वन्द गरेको र सोही मौका पारी उक्त विद्यालयमा राखिएको दिवा खाजा चोरी गरेको शाहीले बताएका छन् । यस ले गर्दा विद्यार्थीलाई दिवा खाजा खुवाउनमा समस्या हुने शाहीले बताएका छन् । आफ्नै छोरा छोरीले खाने दिउसको नास्ता चोरी लिने व्यक्तीको कडारुपमा अनुसन्धान गरी पत्ता लगाइ सम्बन्धित व्यक्तिलाई कडारुपमा कानूनी कार्वाही गरिदिन समेत शाहीले अनुरोध गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लामा साँस्कृतिक मञ्च हुम्लाको छैटौ साधरण सभा सम्पन्न 
पाठेघर मुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको चेक जाँच
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९