राज शाही शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

विद्यालय वन्द भएको मौका छोपी हुम्ला जिल्लाको मध्य क्षेत्रको १ विद्यालयमा चोरी भएको छ । चोरी हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ छ्यागी गाउँमा स्थापित पशुपति आधारभुत विद्यालय छ्यागी रहेको छ । उक्त विद्यालयमा १ महिनाको लागी जम्मा गरी राखेको विद्यार्थीको दिवा खाजा चोरी भएको सोही विद्यालयका प्रधानाध्यापक धनलाल शाहीले बताएका छन् । उक्त चोरी विहिवार राती भएको र चोरी भएको विद्यालयको मुचुल्काका लागी सर्केगाड प्रहरी चौकीलाई जानकारी गराएको प्रधानाध्यापक शाहीले बताएका छन् ।

यस अघि पनि विद्यालयको ताला फोडी अलि अलि चोरी गरी लिने गरेको भए पनि यस पटक विद्यालयको अफिस कोठाको ताला फोरी १ बोरा फुरनदाना, २ बोरा चना र चिउरा २ बोरा चोरी गरी लिएको प्रधाना ध्यापक शाहीले बताएका छन् । विद्यालयको तालाफोरी चोरी गर्नेको अनुसन्धान भइ रहेको र चोर पत्ता लागेमा कानूनी उपचारका लागी लाग्ने शाहीले बताएका छन् ।

गत चैत २० गतेबाट नेपाल शिक्षक महासंघको देश व्यापीरुपमा भइ रहेको आन्दोलनले विद्यालय वन्द गरेको र सोही मौका पारी उक्त विद्यालयमा राखिएको दिवा खाजा चोरी गरेको शाहीले बताएका छन् । यस ले गर्दा विद्यार्थीलाई दिवा खाजा खुवाउनमा समस्या हुने शाहीले बताएका छन् । आफ्नै छोरा छोरीले खाने दिउसको नास्ता चोरी लिने व्यक्तीको कडारुपमा अनुसन्धान गरी पत्ता लगाइ सम्बन्धित व्यक्तिलाई कडारुपमा कानूनी कार्वाही गरिदिन समेत शाहीले अनुरोध गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९