राज शाही सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित

एकिकृतसामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति  गठनका लागि परियोजना लागु भएका गाँउपालिकाहरुबाट स्पोन्सर बालबालिकाहरुका अभिभावकहरुबाट छनौट भई आएका प्रतिनिधिहरुको बैठक  बसेको छ । उक्त बैठकले परियोजना ब्यबस्थापन समिति गठन,,परियोजना ब्यबस्थापन समितिको पहिलो बैठक संचालन सम्बन्धमा छलफल गरि निर्णय गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक जनक वुढाले बताएका छन् ।

उक्त बैठकले गुडनेबर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र एस.आई.डिसी हुम्लाद्धारा एकिकृत सामुदायिक बिकास परियोजना अन्तर्गत कार्यक्रमहरु कार्यान्वयन, नियमन, अनुगमन तथा संचालनका लागि  जिल्ला स्तरिय परियोजन ब्यबस्थापन समिति गठन गरेको जानकारी प्राप्त भएको छ । नव गठित परियोजन ब्यबस्थापन समितिमा बिरबहादुर वुढा अध्यक्ष, विमला कुमारी भण्डारी, धर्मराज शाही, धनदेवी सिंह, सर्पजित रावल,सर्जनी रावल, नारायण प्रसाद चौधरी र जनक वुढा सदस्य रहने गरी उक्त समिति गठन गरीएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले बताएका छन् ।

त्यसै गरी यस नव गठित परियोजन ब्यबस्थापन समितिको पहिलो बैठक संचालन गरी किर्डाक नेपाल र एस.आई.डिसी हुम्लाद्धारा एकिकृत सामुदायिक बिकास परियोजना सन्चालन भएका बिभिन्न कार्यक्रमहरु सम्बन्धि अन्तरकृया तथा छलफल गर्ने निर्णय समेत गरिएको वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९