दाने बोहरा शनिबार, आषाढ ०६, २०७७ मा प्रकाशित

छिमेकी देश चीन सँग सिमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरी बलको बोर्डर आउट (बिओपी) स्थापना भएको छ ।

केही दिन अगाडी मात्रै चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट गर्नका लागी सशस्त्रको टोली हिल्सामा पुगेको थियो ।

डिआईजी इन्जिीनीयर प्रताव बाबु श्रेष्ठ र प्रमुख जिल्ला अिधकारी चिरनजीवी गिरीको उपस्थितमा आजै पहिलो पटक हुम्लाको सिमानाका हिल्सामा सशस्त्र प्रहरीको बिओपी स्थापना गरीएको हुम्लाका सशस्त्र प्रहरीका प्रमुख मोहन विष्टले जानकारी दिनुभयो ।

डिआईजी इन्जिनीयर श्रेष्ठ हुम्ला पुगेर चीन सँग सिमा जोडिएको हिल्सा नाकामा २५ जना सशस्त्र प्रहरी रहने गरी (बिओपी) स्थापना गरीएको हुम्लाका प्रमुख श्रेष्ठले जानकारी दिए ।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक विष्टको नेतृत्वमा दश जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर जेष्ठ महिनामा हिल्सा पुगेको थियो ।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि आज (बिओपी) स्थापना गरीएको हो । हिल्साको (बिओपी) मा इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली खटिएको छ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन ।

बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो भने यो वर्ष देखि सशस्त्र प्रहरीले पनि नेपालको सिमा रक्षाको निम्ती खटिएको छ ।

तस्विर सौजन्य : मोहन विष्ट

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९