राज शाही शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित

हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकामा २९ वटा मरेको कुखुरा बरामद गरिएको छ । उक्त बरामद प्रहरी चौकी सर्किदेउले गरेको हो । सुक्रबार विहान प्रहरी चौकी सर्किदेउ हुम्लाबाट गस्तीमा खटिएको टोलीले सर्केगाड गाउँपालिका वडा नं ४ सर्केगाड बजारमा उक्त कुखुरा बरामद गरेको जानकारी प्राप्त भएको छ ।

प्युठान जिल्लाबाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोट महेन्द्रा पिक अप जिपमा ३ सय कुखुरा ल्याउदै गर्दा चेकजाँचका क्रममा २९ वटा मरेको भेटिए पछि ति मरेका कुखुरालाई बरामद गरिएको जानकारी प्राप्त भएको छ । स्थानिय उपभोक्ताको जिउ ज्यान सुरक्षा सँगै स्वच्छ मासु खान पाउन भनी उक्त मरेका कुखुरा वरामद गरी स्थानिय जनप्रतिनिधि, भद्रभलादमी र प्रहरीको रोहवरमा आजै खाल्डोमा पुरी नष्ट गरिएको खवर प्राप्त भएको छ । रा १ च १४४१ नम्बरको पिक अप जिप चेकजाँच गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९