राज शाही बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित

हुम्ला जिल्लाको मध्य क्षेत्रमा आगलागी पीडित र गरिव विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक वितरण गरिएको छ । उक्त सिरक हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ७ का आगलागी पीडित रोडिकोट बासीलाई १८ थान, सर्केगाड गाउँपालिका वडा नं ८ गरिव विपन्न २ घर धुरीलाई २ वटा सिरक, सोही गाउँपालिका वडा नं ४ सयाँका विपन्न ४ घरधुरीलाइ ४ वटा, सोही गाउँपालिका वडा नं ५ गोठीका ३ घरधुरीलाई ३ वटा, सोही गाउँपालिका वडा नं २ रिपमा २ घरधुरीलाई २ वटा उनापनी २ वटा र सोही गाउँपालिका वडा ६ छ्यागीमा २ वटा गरी जम्मा ३३ वटा फाइवर सिरक वितरण गरेको श्री सत्य शाही केन्द्र हुम्लाले जनाएको छ ।

मानव सेवा नै माधव सेवा हो भन्ने मुल नाराका साथ सिरक वितरण गरिएको जानकारी प्राप्त भएको छ । उक्त फाइवर सिर पाए पछि यो चिसोको वेला निकै राहत भएको आगलागी पीडित तथा आर्थिक अवस्था कम्जोर भएका व्यक्तीहरुले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९