राज शाही बुधबार, माघ ०२, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

६८ लाख ४९ हजार ६ सय ६९ रुपैंया ४१ पैसामा ट्रस वृज निर्माण कार्य सम्पन्न भएको छ । उक्त ट्रस वृज हुम्ला जिल्ला  खार्पुनाथ गाउँपालिका वडा नं ४ नल्ला खोलामा निर्माण भएको हो । नल्ला खोला ट्रस वृज नाम रहेको उक्त पुलको लम्बाइ ३२ मिटरको रहेको छ । उक्त ट्रस वृज निर्माण कार्य सम्पन्न भए सँगै सो पुलबाट ६९ घर धुरीका ४ सय ५० जनाले प्रयोग गर्न पाएको स्थानियवासी टेकबहादुर शाहीले बताएका छन् ।

जसमा उक्त पुलबाट सेवा लिने महिला २ सय, दलित ३५ र अन्य व्यक्ति तथा पुरुषको संख्या २ सय १५ जना रहेका छन् । ट्रस वृज निर्माणका लागी समुदायको श्रमदान १ लाख ३६ हजार ९ सय ९३ रुपैंया ३९ पैसा र कर्णाली प्रदेशबाट६७ लाख १२ हजार ६ सय  ७६ रुपैंया ३ पैसा गरी जम्मा ६८ लाख ४९ हजार ६ सय ६९ रुपैंया ४१ पैसामा निर्माण कार्य सम्पन्न भएको  ऐटन शाहीले बताएका छन् ।

सो ट्रस वृज निर्माणका लागी पुर्वधार विकास कार्यालय तथा उपभोक्ता बीच मिति २०८० साल फागुन महिनाको २४ गते सम्झौता भइ मिति २०८२ साल असार महिनाको १५ गते सम्पन्न गर्ने गरी काम सुरु गरिएकोमा निर्धारित मिति भन्दा ८ महिना अगाडी नै उक्त पुल निर्माण कार्य सम्पन्न भएको अध्यक्ष दानबहादुर भण्डारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९