राज शाही आइतबार, पौष २८, २०८१ मा प्रकाशित

स्थानिय सरकारको साझेदारीमा मात्री तथा नवशिशु स्वास्थ्य सेवा सुद्धिढिकरण परियोजनाको शुभ आरम्भ गरिएको छ । उक्त शुभ आरम्भ वान हार्ट ओल्ड वाइटको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सहकार्यमा आइतबार विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमको आयोजना गरी शुभ आरम्भ गरेको जानकारी प्राप्त भएको छ ।

उक्त कार्यक्रम जिल्लाका ७ वटा गाउँपालिकामा ५ वर्ष सम्म मात्री तथा नवशिशु स्वास्थ्य सेवा सुद्धिढिकरणका क्षेत्रमा काम गर्ने वताइएको छ ।  उक्त कार्यमले गर्भवति महिला, नवजात शिशु, महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मी, किसोरी स्वास्थ्य संस्था व्यवस्थापन समिति लगायत स्वास्थ्य क्षेत्र सँग सम्बन्धित व्यक्ति तथा समुह लाभान्वित हुने स्नोल्याण्ड एकिकृत विकास केन्द्रका लघुवित्त अधिकृत रमेशबहादुर शाहीले बताएका छन्  ।

यो कार्यक्रम सन २०२५ देखि २९ सम्म हुम्ला जिल्लामा लागु हुने भएको छ । यो कार्यक्रमले स्वास्थ्य संस्थाका भौतिक संरचना निर्माण तथा मर्मत तथा सुधार प्रस्तुति सेवाका लागी आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु स्वास्थ्यको योजना तथा बजेट निर्माण वर्थिङ सेन्टरका लागी आवश्य पर्ने सामाग्री ग्रामिण भिडियो एक्सरे सेवा संचालनका लागी आवश्यक पर्ने भिडियो एक्सरे मेसिनका उपलब्धताका साथै स्वास्थ्य सम्बन्धि तालिम, एस पिए तालिम लगायतका कार्यहरु गरिने  लघुवित्त अधिकृत रमेशबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९