राज शाही बुधबार, पौष २४, २०८१ मा प्रकाशित

नेपाल खाध्य व्यवास्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लामा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात रहेको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको ११ हजार २ सय ७३ .५० कुन्टल चामल मध्य ६ हजार ७ सय १५ . १७ कुन्टल बिक्रि वितरण भएको छ  । २ हजार १ सय ६१ . ७५ कुन्टल खाध्यन्न नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनीले जनतालाई बिक्रि वितरण गरेको छ ।

जन्म मृत्यु भएकालाई ४२ . ३० कुन्टल,  सहुलियतमा बिक्रि ४ हजार ५ सय र कारागार कार्यालयमा बिक्रि ११ .१२ कुन्टल चामल विक्रि वितरण गरेको नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कृष्ण प्रसाद अधिकारी जानकारी दिएका छन् । पैदल मार्गबाट ढुवानी भएको ११ हजार २ सय ७३ दसमलव ५० कुन्टल मध्य ६ हजार ७ सय १५ दशमलब १७ कुन्ट बिक्रि वितरण भएको प्रमुख अधिकारीले बताएका छन् ।

हाल नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखा कार्यालयमा ४ हजार ५ सय ५८ दशमलब ३३ कुन्टल खाध्यन्न मौजात रहेको छ । उक्त खाध्यन्न मध्य सुर्खेतबाट ४ सय ४० कुन्टल र राजापुर वर्दियाबाट ४ सय ९० कुन्टल स्थल मार्गबाट ढुवानी गरेको छ ।

१२ हजार ४ सय८५ लिटर सुर्यमुखीको तेल उक्त लिमिटेडले विक्रि गरी ५ सय ३३ लिटर मौजात रहेको छ ।सोही अनुसार तोरिको तेल कुल जम्मा ९ सय ३० लिटर मध्य ८ सय २ लिटर जनतालाइ बिक्रि र १ सय २८ लिटर सहुलियतमा बिक्रि गरी जम्मा ९ सय ३० लिटर विक्रि गरेको र मौजात सुन्य रहेको खाध्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ ।

भटमासको तेल जम्मा२ हजार लिटर मध्य १ लिटर पनि बिक्रि नभए पछि २ हजार लिटर नै खाध्य शाखा सिमकोटमा मौजात रहेको पाइएको छ । जिल्ला समन्वय समितिका सदस्य दिपा भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा राजनितिक दल र सरोकारवाला निकायको उपस्थित रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९