राज शाही सोमबार, पौष १५, २०८१ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिमा नाम्खा गाउँपालिका वडा नं ४ निवासी वर्ष ६५ का तुन्दुक लामा रहेका छन् । पौष १४ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ४ को सल्ली खोलामा एक जना अलपत्र परेको जानकारी प्रहरी चौकी एल्बाङलाई प्राप्त भए सँगै त्यहाँ प्रहरी टोली खटी निजलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

सोही गाउँपालिका वडा नं २ को ढाँड केर्मीबाट वडा नं ४ को याल्बाङ जाने क्रममा सल्ली खोलामा एक जना वृद्ध व्यक्ति चिसोले अलपत्र परेको भन्ने खवर प्राप्त भए सँगै प्रहरी चौकी याल्बाङमा कार्यरत प्रहरी सहायक निरिक्षक सर्वजित शाहीको कमान्डमा ४ जनाको टोली खटि गइ निजलाई स्टेचरमा उद्धार गरी इलाका स्वास्थ्य चौकी याल्बाङमा उपचार गराइएको हो ।

निजको उपचार गरी स्वास्थ्यमा सुधार आएपछि निजका ज्वाइ नाता पर्ने आफन्त लालबहादुर तामाङको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको हो । यसरी नेपाल प्रहरीले आफ्नो तोकिएको काम मात्र नगरी जनताको जनहितका लागी सामाजिक काम गरी पुन्य समेत कमाउदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९