राज शाही आइतबार, मंसिर ३०, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा  ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त शिवालयको उद्घाटन गरेका हुन । पूर्व मुख्यमन्त्री शाही केही दिन अघि हुम्ला आएका थिए । सोही अवसरमा खार्पु दोभानमा निर्माण भएको शिवालय शाहीले उद्घाठन गरेका हुन ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलको अध्यक्षतामा र शाहीको प्रमुख आथित्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको बताइएको छ । उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री शाही, खार्पुनाथ गाउँपालिका अध्यक्ष रावल, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह लगायतको उपस्थित रहेको थियो ।

जिल्लाका जनप्रतिनिधि राजनितिक दलहरुको समेत उद्घाटन कार्यक्रममा सहभागीता रहेको बताइएको छ । सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी विकास भन्दा संरक्षणको आवश्यक ठुलो रहेको बताएका छन् । शिवालयको महत्व उत्तिकै रहनुका साथै यसको भूमिका पनि अहम रहेको अध्यक्ष भण्डारीले बताएका छन् । साथै उद्घाटनमा उपस्थित विभिन्न राजनितिक दलहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा बोल्दै राप्रपा हुम्लाका अध्यक्ष विकास महतले नेपाललाई हिन्दु राष्ट कायम गर्नु पर्ने भन्दै आफ्नो मन्तव्य राखेको छ । अब नेपालमा हिन्दु राष्ट्रको आवश्यक रहेको राप्रपा जिल्ला अध्यक्ष महतले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९