राज शाही आइतबार, मंसिर ३०, २०८१ मा प्रकाशित

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा  ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त शिवालयको उद्घाटन गरेका हुन । पूर्व मुख्यमन्त्री शाही केही दिन अघि हुम्ला आएका थिए । सोही अवसरमा खार्पु दोभानमा निर्माण भएको शिवालय शाहीले उद्घाठन गरेका हुन ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलको अध्यक्षतामा र शाहीको प्रमुख आथित्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको बताइएको छ । उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री शाही, खार्पुनाथ गाउँपालिका अध्यक्ष रावल, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह लगायतको उपस्थित रहेको थियो ।

जिल्लाका जनप्रतिनिधि राजनितिक दलहरुको समेत उद्घाटन कार्यक्रममा सहभागीता रहेको बताइएको छ । सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी विकास भन्दा संरक्षणको आवश्यक ठुलो रहेको बताएका छन् । शिवालयको महत्व उत्तिकै रहनुका साथै यसको भूमिका पनि अहम रहेको अध्यक्ष भण्डारीले बताएका छन् । साथै उद्घाटनमा उपस्थित विभिन्न राजनितिक दलहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा बोल्दै राप्रपा हुम्लाका अध्यक्ष विकास महतले नेपाललाई हिन्दु राष्ट कायम गर्नु पर्ने भन्दै आफ्नो मन्तव्य राखेको छ । अब नेपालमा हिन्दु राष्ट्रको आवश्यक रहेको राप्रपा जिल्ला अध्यक्ष महतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९