राज शाही शनिबार, आषाढ ०६, २०७७ मा प्रकाशित

हुम्ला

शनिवार मात्रै सिमकोट गाउँ पालिकाले ६१ जनाको पिसिआर विधिबाट स्वाव संकलन गरेको छ । नेपाल सरकारले पिसि आर तथा आरडिटिका स्वास्थ्य सामाग्री नपठाए पछि सिमकोट गाउँ पालिकाले आफै खरिद गरेको थियो । उक्त गाउँ पालिकाले यसअघी ८ सय २५ जनाको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा चेक जाँचका लागी पठाएको थियो सबैको रिर्पोट नेगेटिभ आएको थियो ।

पछिल्लो समय लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै मानिसहरूको चहलपहल जिल्ला सदरमुकाम सिमकोटमा बढ्न थाले पछि सिमकोट गाउँ पालिकाले आफ्ना नागरीको जिउज्यान सुरक्षाका लागी आफै पिसिआर किटहरु खरिद गरी जिल्ला बाहिरबाट आएका नागरिकको स्वाव संकलन गरेको हो ।

शनिबार मात्रै जिल्ला सदरमुकाम सिमकोटमा होमक्वारेन्टिनमा वसेका सिमकोट गाउँ पालिकाका नागरिक र जिल्ला सदरमुकाम सिमकोटमा स्थापना भएका सरकारी कार्यालयका कर्मचारीलाई निश्ल्करुपमा पिसिआर विधिबाट स्वाव संकलन गरेको सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहोराले बताएका छन् ।

शनिवार संकलन गरिएका स्वावहरु आइत कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाइने र चेक जाँच गर्दा केही दिन लाग्ने भएकाले यसको रिपोट ४।५ दिन पछि आउने संयोजक बोहोराले बताएका छन् ।

सिमकोट गाउँ पालिकाले ३५ जना जिल्ला सदरमुकाम सिमकोटमा होम क्वारेन्टिनमा बसेका व्यक्तीको स्वाव संकलन गरेको हो भने बाँकी २६ जना आजै नेपालगन्ज सुर्खेतबाट आएका व्यक्तीको स्वाव संकलन गरेको हो ।

सिमकोट गाउँ पालिकाले निशुल्करुपमा पिसिआर विधिबाट शनिवार मात्रै स्वाव संकलन गरिएका व्यक्ती मध्य १८ महिला ४३ पुरुष रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९