Mansarowar Times शुक्रबार, मंसिर २१, २०८१ मा प्रकाशित

अख्तियारबाट तत्कालिन पर्यटन मन्त्री माननीय जीवनबहादुर शाहीज्यूलाई लगाएको मुद्धा प्रतिशोध र हचुवा अनि, कसैको आग्रह र पूर्वाग्रहमा थियो भन्ने कुरा  सम्मानित न्यायालय “विशेष अदालत”ले व्याख्यासहित पुष्टि गरी सफाई दिएसंगै हुम्ला जिल्ला भरि खुशियाली छाएको छ । सोही अबसरमा नेपाली काँग्रेस हुम्लाले शुक्रबार जिल्ला भर दिपावली गरेको छ ।

न्यायालय कुनै मिथक र कसैको आग्रह तथा दबाब अनि लहैलहैमा भन्दा पनि प्रमाण र तथ्यको आधारमा आफ्नो निश्कर्ष र निणर्य गर्छ भन्नेमा जनतामा थप भरोसा र विश्वास बढेको छ ।कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाहीलाई बिहीबार बिशेष अदालतले सफाई दिएपछि त्यसैको खुसीयाली स्वरुप दिपालवी गरेको काँग्रेस उपसभापति बसन्त रोकायाले बताएका छन । जिल्लामा मात्र होईन नेपाली काँग्रेस हुम्लाको प्रदेश, गाउँ र वडा कार्य समितिको आयोजनामा शुक्रबार बेलुका पाँच बजे जिल्ला भरि दिपावली गरेको जानकारी प्राप्त भएको छ ।  नेता शाहीले पाएको सफाईको खुसीयालीमा जिल्ला भरि पार्टीका सवै निकायमा दिपावली गरिएको हो ।

कर्णाली प्रदेश सभाका सदस्य शाही बिरुद्ध परेको मुद्धा माथि बिशेष अदालतले अन्तिम सुनुवाई गर्दै उनीसहित २१ जनालाई सफाई दिएको छ । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत रहेका शाहीलाई वाईडबडी जहाज खरिद कार्यमा भएको अनियमिततामा संलग्न रहेको भन्दै बिशेष अदालतमा गत चैत्र २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही लगाएत ३२ जना बिरुद्ध मुद्धा दर्ता गरेको थियो । विशेष अदालतले सफाइ दिएपछि कर्णाली प्रदेशका सांसद समेत रहेका शाहीको निलम्बन फुकुवा भएको छ। तत्कालीन मुख्यमन्त्रीको रूपमा हेरिएका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९