राज शाही बुधबार, मंसिर १२, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीको संख्या १७३ जना रहेको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीहरु हाल सर्केगार्डमा पुगी सकेको र मंसीर १३ गतेबाट उनीहरु मतदान केन्द्रतर्फ लाग्नेछन् ।

उपनिर्वाचनका लागि बाह्र वटा मतदान स्थल र तेह्र वटा मतदान केन्द्रका लागि बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताएका छन । उनले तीन मतदान केन्द्रमा सुरक्षा सम्बेदशीलतादेखि १३ देखि १९ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको उनले  बताएका छन । उपनिर्वाचनको सुरक्षाका लागि यो जनपद प्रहरीका सुरक्षाकर्मीको संख्या मात्र हो । मतदान केन्द्रमा जनपद प्रहरी खटिनेछन् भने बाहिर मोवायल गस्तीमा सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन हुनेछन ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९