राज शाही मंगलबार, मंसिर ११, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनौट गर्ने कार्य भएको छ । उपनिर्वाचनका लागि कर्मचारी खटनपटन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटिएको बताए छन ।

उनले उक्त निर्वाचनका लागि बाह्र वटा मतदान स्थलमा तेह्र बटा मतदान केन्द्र रहेको बताए छन । यसका लागि तेह्र जना मतदान अधिकृत, तेह्र जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक एक कार्यालय सहयोगी खटिएका छन् । त्यसैगरि मतदानको बेला प्रत्ये मतदान केन्द्रमा एक एक जना स्वयम सेवक भर्ना मतदान अधिकृत गर्ने छन् ।

मतदान केन्द्रमा खटिएका कर्मचारीहरुलाई बुधबार तालिमको प्रदान गर्ने र कुन कर्मचारी कुन मतदान केन्द्रमा खटिने त्यसको टुङ्गो पनि लगाईनेछ । त्यसैगरि मङ्सीर १२ गते कर्मचारीलाई मतदान सामाग्री बुझाएर १३ गतेबाट मतदान केन्द्रतर्फ खटाईनेछ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९