राज शाही मंगलबार, मंसिर ११, २०८१ मा प्रकाशित

आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनौट गर्ने कार्य भएको छ । उपनिर्वाचनका लागि कर्मचारी खटनपटन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटिएको बताए छन ।

उनले उक्त निर्वाचनका लागि बाह्र वटा मतदान स्थलमा तेह्र बटा मतदान केन्द्र रहेको बताए छन । यसका लागि तेह्र जना मतदान अधिकृत, तेह्र जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक एक कार्यालय सहयोगी खटिएका छन् । त्यसैगरि मतदानको बेला प्रत्ये मतदान केन्द्रमा एक एक जना स्वयम सेवक भर्ना मतदान अधिकृत गर्ने छन् ।

मतदान केन्द्रमा खटिएका कर्मचारीहरुलाई बुधबार तालिमको प्रदान गर्ने र कुन कर्मचारी कुन मतदान केन्द्रमा खटिने त्यसको टुङ्गो पनि लगाईनेछ । त्यसैगरि मङ्सीर १२ गते कर्मचारीलाई मतदान सामाग्री बुझाएर १३ गतेबाट मतदान केन्द्रतर्फ खटाईनेछ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९