राज शाही बिहिबार, आश्विन १७, २०८१ मा प्रकाशित

पछिल्लो समय हुम्ला जिल्लाका   ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै गइरहेको जेष्ठ नागरिक जिल्ला संघ हुम्लाको एक अध्ययनले देखाएको छ । हुम्ला जिल्लामा गरिएको एक अध्ययनमा ‘उक्त कुरा देखिएको हो  । अध्ययनमा छोराछोरी विदेश तथा सहर बजार पठाउने ज्येष्ठ नागरिकहरूमा भावनात्मक एक्लोपनाको गम्भीर समस्याले सताएको देखिएको छ । अध्ययनमा सहभागीबाट सामाजिक र भावनात्मक गरी दुई किसिमको एक्लोपना देखिएको पाइएको हो  ।

‘उक्त संघका अनुसार गाउँमा भएका जेष्ठ नागरिकको मानसिक अवस्था पत्ता लगाउन अध्ययन गरिएको थियो। ‘सहभागी मध्येमा चार जनामा एकलाई भावनात्मक, तीन जनामध्ये एक जनालाई डिप्रेसन र दुई जनामध्ये एकलाई सामाजिक एक्लोपनले सताएको पाइएको छ । उक्त संघका अनुसार मेरो कोही सहारा तथा साथी नभएको विचार सामाजिक र म एक्लो वा दुःखी छु भन्ने’ कुरा भावनात्मक एक्लोपनको सूचक मानेर अध्ययन गरिएको हो ।

‘ज्येष्ठ नागरिकका सवालमा अध्ययनमा आधारित रहेर नीति बनाउनुपर्ने, सुशासन कायम गरिनुपर्ने, ज्येष्ठ नागरिकको आवश्यकताको विषयमा जिल्लाका ७ वटै गाउँपालिकाले उत्तरदायी भएर सम्बोधन गर्नुपर्ने अपेक्षा राखेका थिए,। ‘यसैगरी ज्येष्ठ नागरिकलाई जमघट हुन सामाजिकीकरणका कार्यक्रम ल्याउनुपर्ने, प्रत्यक्ष रूपमा ज्येष्ठ नागरिक सम्बन्धी सूचना प्रभावकारी ढंगबाट उपलब्ध गराउनुपर्ने, शारीरिक गतिविधिका लागि व्यायामशाला र खेलकुदको स्थान छुट्याउनुपर्ने र डिजिटल साक्षरता सम्बन्धी तालिम प्रदान गर्नुपर्ने अपेक्षा जेष्ठ नागरीकले राखेका छन्  ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९