राज शाही शुक्रबार, भाद्र २८, २०८१ मा प्रकाशित

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्यांकनमा ९१.० अंक प्राप्त गरी उत्कृष्ट कार्यसम्पादन गरे बापत नेपाली काँग्रेस केन्द्रीय समितीले हुम्लाका सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया लाई सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय ग्रामिण विकास विभाग बाट विद्यावारिधी गर्दै गरेका रोकाया गत २०७९ को स्थानीय तहको निर्वाचनमा हुम्लाको सार्केगाड गाउँपालिका बाट निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसले पार्टीबाट २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका स्थानीय तह गाउँपालिका र नगरपालिका प्रमुखलाई सम्मान गर्ने क्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सार्केगाड गाउँपालिका अध्यक्ष रोकाया लाई सम्मान गरेको हो । केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार कार्यक्रम गरी उत्कृष्ट काम गर्नेहरूलाई पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान गरेका हुन । रोकाय निर्वाचित भए लगत्तै सर्केगाडमा दिगो बिकास योजना तर्जुमाका खाका कोरेका छन । जस अन्तर्गत एक गाउँ, एक रोडको परिकल्पना लाइ बास्ताबिकमा उतारेका छन् ।

 

१५ सैयाको अस्पताल निर्माणधिन अबस्थामा छ। सर्केगाड गाउँपालिका भित्र रहेका माध्यमिक बिधालयहरु डिजिटल अभ्यासमा संचालित छन् ।गाउँ गाउँमा ईन्टरनेट जडान गरिएको छ। निर्माणधिन 4 G  टावर अन्तिम चरणमा रहेकोले अबको केहि दिनमा सुचारु  हुने बिश्वास गरियको छ। कृषि, भौतिक पुर्बधार, पुल कुलेसोमा पनि उत्तिकै बिकास भएको छ। कम बोल्ने काममा तल्लीन रहने रोकाया समय लाग्छ तर परिवर्तन हुने कुरामा बिश्वास राख्छन् ।

नेपालको संघीय संरचना,राज्य पुनसंरचना पछी निर्मित नेपालको संविधान २०७२ कार्यन्वयन गरी नागरिकहरुको परिवर्तनको आशा र ग्रामिण विकासलाई सिंह दरबार संग जोड्ने पुलको रुपमा दुरदराज बाट महत्वपूर्ण कार्य गरेको प्रति पार्टी सभापति देउवाले प्रशंसा गरेका थिए । यस अघि उत्कृष्ट गाउँपालिकाको अवार्ड सङै नेपाल सरकारले अध्यक्ष रोकायलाइ सिङ्ग्पुर, मोलसिया लगायतका देशहरुमा दीर्घकालीन बिकासको मुल्यांकन गर्न भ्रमणमा पठाएको थियो।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९