राज शाही सोमबार, भाद्र १०, २०८१ मा प्रकाशित

१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको सरोकारवाला निकाय द्धारा अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको गरिएको हो  । नाम्खा गाउँपालिका केन्द्र यालबाङका लागी निर्माण भएको खानेपानीको अनुगन जनप्रतिनिधि, राजनितिक दल, पत्रकार, सुरक्षाकर्मी द्धारा गरिएको हाम्रा सहकर्मी छपाल लामाले सम्बन्धित स्थलबाट जानकारी दिएकी छन् ।

सोही गाउँपालिका वडा नं ४ यालबाङमा हाल गाउँपालिका स्थापना गरिएको छ । गाउँपालिका सँगै सो वस्तीमा ८५ घरधुरी रहेका छन् । सो वडाको लागी नाम्खा गाउँपालिका वडा नं ४ को छातेसि भन्ने ठाउँबाट खानेपानी निर्माण गरि गाउँपालिका केन्द्र याल्बाङ पुर्याइएको  हो । उक्त गाउँपालिका वडा नं ४को याल्बाङका निजि तथा सार्वजनिक ठाउँमा गरी ८५ वटा धारा जडान गरी पानी आएको अनुगमनका क्रममा पाइएको सहकर्मी लामाले बताएकी छन् ।

खानेपानी सुसा परियोजना र नाम्खा गाउँपालिकाको सयुक्त १ करोड १८ लाखमा निर्माण गरिएको जानकारी प्राप्त भएको छ । अनुगमनमा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको संयोजगत्वमा सोही गाउँपालिका वडा नं १ देखि ६ सम्मका वडा अध्यक्ष, पत्रकार, नागरिक समाज, जनप्रतिनिधि लगाएतको सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९