राज शाही सोमबार, साउन २१, २०८१ मा प्रकाशित

हुम्ला जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको छ । जिल्ला सकारी तथा गैर सरकारी कार्यालयहरुले पशु पालनका लागी लाखौ रकम लगानी गरे पनि जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको पाइएको छ । यस अघि हुम्ला जिल्लाकै जिल्ला सदरमुकाम सिमकोट माथि लेख सान्धारा,पन्चमुखी,पाति हाल्ना क्षेत्रमा हजारौ भेडा, बाख्रा, चौरी, जुमामा, झोपा, घोडाका लागी २० औ खरक हुने ठाउँमा अहिले एउटा पनि खर्क देखिदैनन् । उक्त क्षेत्रमा हजारौ भेडा, बाख्रा, जुमा, झोपा, घोडा हुने पाटनमा अहिले मुस्किलले ५० सम्म देखिने गरेको सिमकोट गाउँपालिका वडा नं ५ का कल रावतले बताएका छन् ।

सो क्षेत्रमा गोठालाहरु वस्ने चौरी, जुमा, झोपा, गाइ, भेडा, बाख्रा पाल्ने, दुत, दहि, जमाउने महि घिउ बनाउने तल वेसीमा रहेका घरपरिवारलाई त्यही दही महि घिउ घोडामा जाकेर ल्याउने वेसी बाटा गोठालालाई रासन लिएर जाने गरेको आफैले देखे पनि हाल उक्त कुरा सपना जस्तो भएको सिमकोट गाउँपालिका वडा नं ६ का विषन रोकायाले बताएका छन् ।

उक्त पाटनमा यस अघिका पुस्ताले आफु खर्कमा वस्नेका लागी ढुङ्गाले घरवार गरी दहि महि घ्यु राख्ने, बाच्छा बाच्छि हुल्ने गोघ वनाइएका अवसेसहरु प्रत्यक्ष देख्न पाइन्छ । ति गोडहरु हाल छत विनाका नाङगै देखिने गरेका छन् । सिमकोट गाउँपालिका वडा नं ३,४,५ र ६ को माथि पट्टिको सान्धार पन्चुमुखी क्षेत्रमा सयौ यस्ता खरकहरु अझै पनि गोठाला अर्थात खर्कालाहरु आउने प्रतिक्षामा वसी रहेको जस्ता स्वच्छ सफा बातावरण सँगै मोरम द्धश्यमा वसिरहेका देखिन्छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९