राज शाही शनिबार, आषाढ २३, २०८१ मा प्रकाशित

हुम्लाको सर्केगाड गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कर्णाली प्रदेशको विशेष अनुदान अन्तर्गत खेती प्रवर्द्धन तथा एक घर एक करेसाबारि कार्यक्रमा रहि गाउँपालिकाले सत प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले लोकप्रिय कृषिमा आधारित रहेर ८ वटै वडा भित्रका करिब २२ सय २ घर धुरी लाइ कृषिजन्य सामाग्री सहित बिउ भिजन हस्तान्तरण गरेका हुन्।कृषि उत्पादन बढाउन  गाउँपालिकाले बिउ तथा सामग्री वितरण गरेको छ।

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाको कृषि शाखाले मकैको बिउ, आलुको बिउ र चार किसिमका सामग्री वितरण गरिएको हो।  गाउँपालिकालाई कृषि तथा फलफूलमा आत्मनिर्भर बनाउने सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले  बताएका छन । यो गाउँपालिकाका अधिकांश परिवार कृषिमा निर्भर रहेको पाइएको छ । यसका लागि किसानको माग अनुसार अनुदान स्वरूप प्रविधि तथा बिउ दिँदै आएका छ ।  अध्यक्ष रोकायका अनुसार गार्डेन पाइप, स्पिरिङ्कल लगायतका सामग्री वितरण गरिएको हो । उनले फलफुल तथा बिउ भिजन खेती प्रवर्द्धन गर्न पालिकाले किसानलाई प्रोत्साहन र आकर्षित गर्ने विभिन्न कार्यक्रम गर्दै आइरहेको अध्यक्ष रोकायाले बताएका छन ।

पछिल्लो समय स्याउखेती गर्ने किसान बढ्दै गएकाले बढी उत्पादन हुने स्थानमा नयाँ बगैँचाका लागि सहयोगका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम अन्तर्गत  किसानलाई स्याउको बिउ तथा तरकारी पकेट क्षेत्रका लागि गार्डेन पाइप र स्प्रिङकल वितरण गरिएको कृषि शाखा प्रमुख निम बहादुर केसिले जनाएका छन । गाउँपालिकाले ८ वटै वडालाई उत्पादनका हिसाबले विभिन्न पकेट क्षेत्र घोषणा गर्ने र व्यावसायिक रूपमा सिमि खेती विस्तारका लागि शाखाले  विभिन्न  जातको सिमि, सागपात, फलफूल गाजर, आदिको बिउ वितरण गरेको छ।  पालिकाले  वडा नं ३ उनापानीको गुसँमा कृषि भवन निर्माण गरेको अध्यक्ष रोकायले जानकारी दिए । उक्त भवनमा कृषिजन्य उत्पादनको सङ्कलन, चिस्यान केन्द्र तथा पाहुना घर सञ्चालन गरिने उनको भनाइ छ । गाउँपालिकाले कृषिजन्य उत्पादनलाई बजारीकरण समेत सहयोग गर्ने जानकारी प्राप्त भएको छ  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९