राज शाही शुक्रबार, आषाढ २२, २०८१ मा प्रकाशित

हुम्लाको सर्केगाड गाउँपालिकाले गाउँपालिका भित्र रहेका बत्तीस सामुदायिक विद्यालयलाई ल्यापटप, पिरिन्टर, सोलार र स्मार्ट बोर्ड उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा आवश्यक सामग्रीहारु वितरण गरिएको हो । विद्यालयको तह अनुसार सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप, प्रिरिन्टर, सोलार र स्मार्ट बोर्ड उपलब्ध गराइएको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले बताएका छन ।

विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागका आधारमा ल्यापटप लगायतका सामग्रीहारु हस्तान्तरण हस्तान्तरण गरिएको उनले बताएका छन । अध्यक्ष रोकायका अनुसार पालिका भित्रै रहेका ४ वटा मावि हिम ज्योति, लालिगुरस, सरस्वती र कोट माबि रोडिकोट विद्यालयलाई आइ सि टि ब्यबस्थापनमा निकै सहयोग पुग्ने बिश्वास गरिएको जनाएका छन। सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीले हरेक विद्यालय सञ्चारमय बन्नेमा बिश्वास व्यक्त गरेका छन ।

सर्केगाड गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित एक समारोहमा पालिका अध्यक्ष ठान बहादुर रोकायले विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप लगायतका सामग्रीहरु हस्तान्तरण गरेका थिए । ‘कम्तीमा प्राविधिक विषय प्रोजेक्टरका माध्यमबाट पढाउन सकियोस्, विद्यार्थीलाई शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न सकियोस् भन्ने हेतुले उक्त सामाग्री हस्तान्त्रण गरिएको सोही गाउँपालिका अध्यक्ष रोकायले बताएका छन ।

यसको नतिजाका आधारमा बाँकी कार्यक्रम बनाइने भएको छ ।’ सामाजिक विकासका क्षेत्रमा पूर्वाधार विकासमा भन्दा धेरै लगानी गर्ने अध्यक्षको योजना छ । सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख बिर्जन शाहीले सर्केगाड गाउँपालिका भित्र रहेका ३२ वटा विद्यालयहरुमा तह अनुसार आवश्यक सामग्रीहारु टेन्डर आव्हान गरि वितरण गरिएको बताएका छन । विद्यालयलाई प्रविधिमैत्री बनाउन आगामी बर्षहरुमा थप कार्यक्रम निरंतरता दिइने शाहीले बताएका छन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९