दाने बोहरा बिहिबार, आषाढ ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको मुटु मानिने सिमकोट बजार दुर्गन्धित बनेको छ । माथिललो बजार एर्पोट चोक नजिक रहेको लोकतन्त्र चोकमा बनाइएको प्रतिक्षालयमा फोहोर दिनप्रतिदिन थुपारिदैछ । विहानै देखि भिडभाड हुने लोकतन्त्र चोकमा अहिले बन्दाबन्दीका कारण फोहोरको थुप्प्रो लाग्ने गरेको छ । एका तिर प्रतिक्षालय बनेको छ भने अर्को तिर त्यस आसपास क्षेत्रमा बस्दै आएका नागरीकले दैनिक दिन घर, तथा पसल, होटेलहरुको फोहोर थुपार्ने गरेका छन् ।

सबैको आवतजावत गर्ने मुख्य बाटो क्षेत्रमा प्रतिक्षालय भएकाले हरेक नागरिकको आँखा त्यहि जान्छ । उल्टै चोकले हिड्ने बटुवालाई गिज्याएको जस्तो भान हुन्छ । उक्तचोकमा थुपारिएको फोहोर डुङडुङती गनाउछ भने अर्को तिर अब्यबस्थित ढल, चोकमा जाने जो कोहीले लज्जास्पद महसुस हुने गरेको छ ।

सदरमुकाम सिमकोटको मुटु नै हरेक नागरिकलाई गिज्याई रहँदा स्थानिय सरोकारवाला निकाय भने मौन बसिरहेको स्थानिय नागरिकहरुले बताउने गरेका छन् । यो चोकमा लामो समय देखि फोहोर थुप्रिदै आएको छ । यसलाई ब्यबस्थित बनाउन नसक्दा प्रतिक्षालय दुर्गन्धित बन्दै गएको छ । सिमकोट गाउँपालिका, सरकारी तथा गैरसरकारी कार्यालयहरुको भिविन्न कार्यक्रमहरु समेत केहीले काही उकत चोकमा हुने गर्दछ ।

सिमकोट गाउँपालिकामा कर्मचारी भन्दा कार्यालय सहयोगीको संख्या बढी छ । तर कार्यालय सहयोगि धेरै भएपनि बजार क्षेत्र फोहोरै फोहर छ । बजार क्षेत्रको फोहोर समयमै व्यवस्थापन हुनुपर्ने स्थानीयको माग छ । सिमकोट बजार क्षेत्रका मुख्य चोक र बजार क्षेत्रमा फोहोर व्यवस्थापन नगरेपछि दैनिक बजारका चोकहरुमा फोहोर थुप्रिने गरेको छ ।

सिमकोट गाउँपालिकाले वर्षेनी गाउँसभामा सिमकोट बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागी भनेर रकम समेत छुटाउने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९