राज शाही सोमबार, आषाढ ०४, २०८१ मा प्रकाशित

हुम्लाको खार्पुनाथ  दोजाम कर्णाली नदीमा वनेको झुलुङगे पुल यति वेला अति जिर्णको अवस्थामा पुगेको छ । उक्त पुलमा नेपालगन्ज सुर्खेत लगाएतका सहरबाट निर्माण सामाग्री, पसल व्यवसायीका गरुङ्गा सामाग्री र इन्धनका ड्रम सोही पुलबाट तारिदा उक्त पुल जिर्ण भएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का स्थानिय वासिन्दा गोविन्द बहादुर शाहीले बताएका छन् । शाहीका अनुसार उक्त पुललाई अढाउनका लागी प्रयोग भएका ८ वटा खम्बाको नट बोल्ट लोज भइ खम्बा नै खसी सकेको र मानिसलाई आवत जावत गर्दा सुरक्षाका लागी पुलको दुवै साइटमा प्रयोग भएका जाली पनि खुस्की सकेको बताएका छन् ।

त्यसै गरी खार्पुनाथ शिवमन्दिर तर्फको भागमा पुललाई अडाउनका लागी प्रयोग भएको फलामको लठ्ठा पनि खुस्कि सकेको स्थानियवासी शाहीले बताएका छन् । सो पुल भएर रातिको समयमा टन वढी सामान गुडाइ सोही पुलबाट वार पार गर्नाले पुलको अवस्था नाजुक भएको बताएका छन् । मानिस तथा पशु वस्तुलाई सो पुल भएर आवत जावत गर्न सारै जोखिम भएको शाहीले बताएका छन् ।

सार्वजनिक सम्पतिको संरक्षणका लागी खार्पुनाथ गाउँपालिका, खार्पु प्रहरी चौकी लगाएत सरोकारवाला निकायलाई हार गुहार गर्दा दिनको समयमा गरुङ्गो सामान वार पार गर्न नदिनका लागी चौकी दार बसे पनि रातीको समयमा व्यापारी तथा अन्य मानिसहरुले लुकी छिपी सोही पुलबाट सामाग्री वार पार गर्दा पुल निकै जिर्ण भइ भोलिका दिनमा अप्रिय घटना वढी घट्न सक्ने जोखिम बढी देखिएको स्थानिय वासी शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९