शान्तिकुमारी सिंह शुक्रबार, आषाढ ०१, २०८१ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालको संयोजनमा उक्त कार्यालयको निरिक्षण गरिएको हो । सुक्रबार दिनको १ वजे गरिएको निरिक्षणमा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्री, नायव शुब्बा विषन रोकाया र तामेलादार डिठ्ठा राजबहादुर शाहीको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयको निरिक्षणमा आर्थिक वर्ष ०८।८१ मा जम्मा ४ थान मुद्दा दर्ता भएकोमा ४ वटै फर्च्छौट भइ सकेको पाइएको छ । मुद्दा फाँट अलगै भएको भए पनि इजलास अलग नभएको पाइएको हो । दर्ता भएका ४ वटा मुद्दा मध्य दुई वटा अभद्र व्यवहार, एक वटा जुवा र एक वटा सवारी दुर्घटनाको क्षेतीपुर्ती भराइ पाउँ भन्ने रहेको जिल्ला प्रशासन कार्यालयका नायव शुब्बा घमान सिंह रावतले बताएका छन् ।

मुद्दाको सुनुवाइ, दर्ता प्रक्रिया, पुनरावेदन म्याद, तारेख दिने, फैसलामा टिर्पोट, ठहर खण्ड, तपशिल खण्ड कानून संगत नै भएको पाइएको हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालले बताएका छन् । हुम्ला जिल्ला अदालतको बार्षिक कार्ययोजना अन्तरगत अर्धन्यायीक निकायको निरिक्षण गर्ने उल्लेख भए बमोजिम जिल्ला प्रशासन कार्यालयको निरिक्षण भएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९