राज शाही बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँ कार्यपालिकाका सदस्य, कर्मचारी, स्थानियवासीका लागी न्यायीक अभिमुखीकरण कार्यक्रम संचालन भएको हो । नाम्खा गाउँपालिकाको आयोजनामा संचालन भएको अभिमुखीकरण कार्यक्रमलाई जिल्ला न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार ज्ञानबहादुर खत्रीले कानून सम्बन्धीका विषयमा जानकारी तथा प्रशिक्षण गरेका थिए । हुम्ला जिल्ला अदालतको बार्षिक कार्ययोजना अनुसार अर्धन्यायीक निकायको निरिक्षण गर्ने क्रममा गत जेठ २५ र २६ गते उक्त कार्यक्रम नाम्खा गाउँपालिका केन्द्र याल्बाङमा संचालन भएको हो ।

बालबिबाह, बहुविवाह, जवरजस्ती करणी, सम्बन्ध विच्छेद, घरेलु हिंसा गरेमा हुने कानूनी व्यवस्था, सजाय तथा जरिवानाकाका बारेमा हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालले प्रशिक्षण गरेका थिए । न्यायीक समितिको अधिकारक्षेत्रको प्रयोग, न्याय सम्पादनको प्रक्रिया, न्यायीक समितिको गठन, न्यायीक समितिको अधिकार क्षेत्र, स्थानिय तह आफैले विवादको निरुपण कार्वाही र किनारा गर्ने विषय, न्यायीक समितिको अधिकार क्षेत्र कसरी प्रयोग गर्ने,न्यायीक समितिको न्याय सम्पादनको प्रक्रिया, मेलमिलाप प्रक्रिया र आधारभुत चरणका विषमा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले प्रशिक्षण गरेका थिए ।

नाम्खा गाउँपालिका उपाध्यक्ष एव न्यायीक समितिका संयोजक तक्दिर लामाको अध्यक्षता र जिल्ला न्यायाधीश शम्भु प्रसाद वरालको प्रमुख आतिथ्यमा संचालन भएको न्यायीक अभिमुखीकरण कार्यक्रमलाई सोही समितिका सदस्य सचिव ग्याछो लामाले उत्घोषण गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९