राज शाही बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित

नेपालगन्ज हुँदै हुम्ला सिमकोट भएर मानसरोवर कैलास जाने विदेशी पर्यटकको संख्या १ सय ५० जना पुगेको छ । उनीहरु बैशाख १ गते देखि जेठ २५ गते सम्मको हुम्लाको सिमकोट हुदै मानसरोवर कैलास गएका हुन । नाम्खा गाउँपालिका वडा नं ५ यारीमा स्थापना भएको यारी प्रहरी चौकीको तथ्याङक अनुसार हाल सम्म उक्त नाका भएर २१ देशका नागरी मानसरोवर कैलास गएको यारी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक भरत बाबु भट्टले बताएका छन् ।

जसमा ब्राजिलबाट पुरुष १, चाइनाका पुरुष १,जर्मन पुरुष ७, महिला २४ गरी ३१जना, स्पेन महिला २, पुरुष १ गरी ३ जना, स्वजरल्या पुरुष ३ महिला ३ गरी ६ जना, अमेरिकन महिला ६ पुरुष १६ गरी २२ जना,इटालीयन पुरुष ३, अस्टेलियन पुरुष ४, महिला ५ गरी जम्मा ९ जना, आयरल्याड पुरुष २, युकेन महिला ३ पुरुष ४ गरी ७ जना, क्यानडा पुरुष ६, महिला १ गरी ७ जना, भारतीय पुरुष १, फ्रान्स पुरुष १२, महिला १ गरी १३, जानिज पुरुष ३, नर्वे महिला १, ग्रिक पुरुष २, इन्डोनेसिया पुरुष १, स्वइस पुरुष १ र रसियन पुरुष २१ गरी जम्मा १ सय ५० जनाले सिमकोट हुँदै यारी नाका भएर मानसरोवर कैलासको दर्सन गर्न १ सय ५० जना विदेशी प्रर्यटक गएको पाइएको छ । उनीहरु केही मानसरोवर कैलासको दर्शन संगै लिमी भ्यालीको अवलोकन गरी फर्केको पाइएको छ भने केही यारी नाका भएर फिर्ता भएको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९