राज शाही मंगलबार, जेठ २९, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको उत्तरी क्षेत्रको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद कार्यक्रम संचालन भएको छ । ७३ जना विद्यार्थीको उपस्थितीमा न्यायीक संवाद कार्यक्रम संचालन भएको हो । जिल्ला न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार ज्ञानबहादुर खत्रीको उपस्थितमा उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रम नाम्खा गाउँपालिका वडा नं ४ याल्बाङमा रहेको महाबौध माध्यामिक विद्यालयमा जेठ २५ गते संचालन भएको हो । शिक्षक, विद्यार्थी, होस्टेल वाडेन, सहभागीता रहेको उक्त कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बालबिबाह, बहुबिबाह,बाल हिंसा, यौन दुरव्यवहारका बारेमा हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बराल र साइवर क्राइम,घरेलु हिम्सा, बाल श्रमका बारेमा श्रेस्तेदार ज्ञानबहादुर खत्रीले प्रशिक्षण गराएका थिए । संधै जिल्ला सदरमुकाम भित्रै केन्द्रित हुने यी कार्यक्रम यो पछिल्लो पटक सदरमुकाम सिमकोट गाउँपालिका भन्दा बाहिरका गाउँपालिकामा संचालन हुन थालेका छन् ।

स्थानिय सरकार गठन पछिको पहिलो पटक सदरमुकाम सिमकोटबाट  ५० किलोमिटर टाढा रहेको नाम्खा गाउँपालिका न्यायिक समितिको निरिक्षण सँगै महाबौद्ध माध्यामिक विद्यालयमा याल्बाङमा न्यायीक संवाद कार्यक्रम संचालन भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लामा साँस्कृतिक मञ्च हुम्लाको छैटौ साधरण सभा सम्पन्न 
पाठेघर मुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको चेक जाँच
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९