राज शाही सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

नाम्खा गाउँपालिकाको निरिक्षण गरिएको छ । उक्त निरिक्षण हुम्ला जिल्ला अदालतले गरेको हो । नाम्खा गाउँपालिका न्यायीक समितिले चालु आर्थिक वर्षमा गरेका निर्णय तथा मेलमिलाप प्रक्रिया गत छन वा छैनन्, कानुनी ढंगबाट मुद्दा दर्ता भएका छन् वा छैन, मेलमिलाप तथा निर्णय भएका मुद्दामा सेवाग्राहीको के कस्तो प्रतिक्रिया रहेको छ, नाम्खा गाउँपालिकामा इजलास निर्माण भएको छ वा छैन, निर्माण भएका इजलास बाट मुद्दाको सुनुवाइ हुन्छ वा हुदैन भन्ने विषयमा हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालको नेतृत्वमा निरिक्षण गरेको हो ।

निरिक्षण जेठ २५ गते गरेको हो । निरिक्षणका क्रममा नाम्खा गाउँपालिकाले मुद्दा फाँट अलगै राखेको, इजलास निर्माण गरेको, चालु आर्थिक वर्षमा जम्मा ४ वटा मुद्दा दर्ता भइ ४ वटै फर्छौट भएको पाइएको छ । जसमा २ वटा गाउँपालिकाले मेलमिलापको माध्यमद्धारा निरुपण गरेको छ भने २ वटा हुम्ला जिल्ला अदालतमा पठाएको सोही गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताएका छन् ।

मुद्दा दर्ता प्रक्रिया पनि कानून संगत नै भएको पाइएको छ । मुद्दा दर्ता, निर्णय फाइल, स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ उपदफा (१) र (२) अन्तरगतका मुद्दाहरुको फाइल अलग अलग राखेको सोही गाउँपालिका न्यायीक समितिका सदस्य सचिव ग्याछो लामा (सागर) ले बताएका छन । उक्त अनुगमनमा हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रासद बराद, श्रेस्तेदार ज्ञानबहादुर खत्री ना सु विषन रोकाया,तामेलदार डिठ्ठा राजबहादुर शाही र डिठ्ठा कलबहादुर रावत रहेका थिए ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९