राज शाही सोमबार, जेठ २१, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँपालिकाको निरिक्षण गरिएको छ । उक्त निरिक्षण हुम्ला जिल्ला अदालतले गरेको   हो । सिमकोट गाउँपालिका न्यायीक समितिले चालु आर्थिक वर्षमा गरेका निर्णय तथा मेलमिलाप प्रक्रिया गत छन वा छैनन् । कानुनी ढंगबाट मुद्दा दर्ता भएका छन् वा छैन । मेलमिलाप तथा निर्णय भएका मुद्दामा सेवाग्राहीको के कस्तो प्रतिक्रिया रहेको छ । सिमकोट गाउँपालिकामा इजलास निर्माण भएको छ वा छैन । निर्माण भएका इजलास बाट मुद्दाको हिरिङ हुन्छ वा हुदैन भन्ने विषयमा हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालको नेतृत्वमा अनुगमन गरेको हो ।

निरिक्षण शोमबार दिनको ३ वजे गरिएको थियो । निरिक्षणका क्रममा सिमकोट गाउँपालिकाले मुद्दा फाँट अलगै राखेको, इजलास निर्माण गरेको, चालु आर्थिक वर्षमा जम्मा ३० वटा मुद्दा दर्ता भइ २७ वटा फर्छौट भएको पाइएको छ । मुद्दा दर्ता प्रक्रिया पनि कानून संगत नै भएको पाइएको छ । मुद्दा दर्ता निर्णय फाइलहरु अलग अलग राखेको पाइएको छ । उक्त अनुगमनमा हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रासदा बराद, श्रेस्तेदार ज्ञानबहादुर खत्री तामेलदार डिठ्ठा राजबहादुर शाही र डिठ्ठा कलबहादुर रावत रहेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सर्केगाड अध्यक्ष ठान बहादुर रोकाया पूर्व प्रधानमन्त्री देउवाद्वारा सम्मानित
नेपाली काँग्रेसका पुर्व वडा इकाइ उप सभापतीको निधन
१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको अनुगमन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९