राज शाही सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको टोलीले हुम्ला जिल्ला अदालतको निरिक्षण गर्नु भएको छ । भौगोलिक विकटता भएका कारण वढी भन्दा वढी प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न र सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रवाह गर्न प्रधान न्यायाधीश श्रेष्ठले निर्देशन दिनु भएको हो । नेपाली सेनाको हेलिकप्टरमा विहान साढे नौ वजे हुम्ला आइ पुग्नु भएका  प्रधान न्यायाधीश सँग सर्वोच्च अदालतका मुख्य रजिष्टार देवेन्द्र राज ढकाल र सह रजिष्टार अर्जुन प्रसाद कोइराला लगाएतको सहभागीता रहेको थियो ।

प्रधान न्यायाधीश श्रेष्ठलाई माननीय जिल्ला न्यायाधीश शम्भु प्रासद बराल, श्रेस्तेदार ज्ञानबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, ससत्र प्रहरी नायव उपरिक्षक गुन्जन प्रताव मल्लले सिमकोट विमान स्थलमा स्वागत गरेका थिए ।

प्रधान न्यायाधीश श्रेष्ठले हुम्ला जिल्ला अदालतमा गत आर्थिक वर्षबाट लगत सरि आएका र यस चालु आर्थिक वर्षमा दर्ता भई फर्छौट  भएका मुद्दा संख्या र सबै भन्दा पुराना मुद्दाको संख्याको जानकारी लिइ फर्छौटको अवस्था सन्तोषजनक रहेको र एक वटा मुद्दा दुई वर्ष नाघेको देखिएकाले सोलाई छिटो छरितो ढंगले फर्छौट गर्न निर्देशन दिनु भएको थियो ।

हुम्ला जिल्ला अदालतको व्यवस्थापकिय अवस्था राम्रो रहेको र भौतिक संरचना राम्रो भए पनि आन्तरिक अवस्था  कम्जोर (वाइरिङ, फर्निचर व्यवस्थापन, मिसिल राख्ने दराज,) लागएत सुधार गर्नु पर्ने देखिएकाले यस तर्फ लाग्न पनि निर्देशन दिनु भएको छ । आफु हुम्लामा करिव एक वर्ष बाल्यकाल विताएकाले पुराना हुम्लाका साथी भाइहरुलाई पनि सम्झनु भएको छ ।  आफ्नो बुबा न्यायाधीश हुँदा हुम्लामा १ वर्ष पठन पाठन गरेको विद्यालय मानसरोवर बहुमुखि क्याम्पसमा पुगी फोटो समेत खिच्नु भएको थियो । ‍पहिलेको हुम्ला र अहिलेको हुम्ला धेरै परिवर्तन भएकोमा खुसी लागेको बताउनु भएको थियो । पहिला माटोले छाइएका छतहरु थिए, बाटो घाटो थिएनन् अहिले जस्ता पाताले छाएका छत भएका घरहरु देख्दा खुसी लागेको त्यो सँगै सडक संजाल जोडिने कार्य पनि अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको प्रधान न्यायाधीश श्रेष्ठले बताउनु भएको छ ।

हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद वरालले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गरेका थिए । करिव एक घण्टाको निरिक्षण तथा निर्देशन पछि प्रधान न्यायाधीश श्रेष्ठ नेपाली सेनाको हेलिकप्टरबाट फिर्ता भएका छन ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९