राज शाही मंगलबार, फाल्गुण २९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाका जनप्रतिनिधिले समाजमा उदारणीय काम एक पछि अर्को गर्दै गएका छन् । निर्वाचनको वेला जनता समक्ष जाँदा आफुले गरेका बाचाहरु विभिन्न तरिकाबाट पुरा गर्न थालेका छन् । दोश्रो कार्यकालको लागी स्थानिय तहको निर्बाचन भएको करिव २ वर्षको अवधिमा हुम्ला जिल्लाका जनप्रतिनिधिले जनता माझमा आफुले गरेका वाचा सँग सँगै आफ्ना जनतालाई के कसरी सर्व सुलव सेवा प्रवाह गर्न सकिन्छ र जनतालाई के कसरी सुखी र सवृद्धी तर्फ लैजाने भन्ने धेउनमा लागेको पाइएको छ ।

यसै गरी सिमकोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष गोर्खबहादुर लामाले आफुले वडाबाट पाउने सेवा सुविधा बापतको रकमबाट १ सय ४० घरधुरीलाई खाध्यन्न उपलब्ध गरेका छन् । यस अघि अध्यक्ष लामाले १ सय घरधुरीलाई खाध्यन्न वितरण गरि सकेका छन् । मंगलबार वडा अध्यक्ष लामाले सिमकोट गाउँपालिका वडा नं १ का १ सय ४० घरधुरीका जनतालाइ प्रति घरधुरी ५ केजी आटो, २ पोका तेल, २५ केजी चामल आफ्नो पारिश्रमबापतको रकमबाट विरण गरेको हाम्रा सहकर्मी जनकबहादुर शाहीले सम्बन्धित स्थलबाट बताएका छन् ।

त्यसै गरी उक्त वडामा स्थापित चाङला प्राथामिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई झोला सहित कापी कलम पेन्सिल वितरण गरेको जानकारी प्राप्त भएको छ । सिमकोट गाउँपालिका वडा नं १ मा एक कार्यक्रमको आयोजना गरी उक्त खाध्यन्न र स्टेस्नरीका सामाग्रि वितरण गरेका हुन । वडा अध्यक्ष लामा नेपाली काँग्रेसको टिकटबाट सर्वसहमतीमा वडा अध्यक्षमा चयन भएका थिए ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९