राज शाही बिहिबार, फाल्गुण २४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

दादुरा रुवेल खोपको भ्याक्सिन ढुवानीका लागी हुम्ला जिल्लामा समस्या भएको छ । हुम्ला जिल्लाको उच्च हिमाली भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं ६ को हिमाल पारीको गाउँ लिमीमा दादुरा रुवेला खोपको भ्याक्सिन ढुवानी गर्न समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।

सिहका अनुसार उक्त गाउँपालिका वडा नं ६ को लिमीमा जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा फागुन दोश्रो र तेश्रो साता परेको हिमपात करिव ६ फिट सम्म जमेकाले स्वास्थ्यकर्मी दादुरा रुवेला खोपको भ्याक्सिन लिएर जान नसक्ने भएकाले खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी  स्वास्थ्य सेवा निर्देशनालय बीरेन्द्रनगर सुर्खेतलाई पत्राचार गरेको प्रमुख सिंहले बताएका छन् । जसको बोधार्थ सामाजिक विकास मन्त्रालय बिरेन्द्रनगर सुर्खेत जिल्ला प्रशासन कार्यालय हुम्ला र नाम्खा गाउँपालिकालाई दिएको छ ।

हेलिकप्टरबाट दादुरा रुवेला खोपको भ्याक्सिन ढुवानी हुन नसकेमा नेपाल सरकारले तोकिएकै मितिमा सो खोप लगाउन नसकिने जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । यस अघि बालबालिकालाई दिइदै आएको नियमित खोप पनि हिमपातका कारण नाम्खा गाउँपालिका वडा नं ६ मा लगाउन नसकिएको जिल्ला  स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् । यस अघि बालबालिकालाई लगाउदै आएको नियमित खोप पनि विगत ४ महिना देखि लगाउन नसकिएको सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लामा साँस्कृतिक मञ्च हुम्लाको छैटौ साधरण सभा सम्पन्न 
पाठेघर मुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको चेक जाँच
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९