राज शाही बिहिबार, फाल्गुण २४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिका वडा नं ६ लिमि जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा करिव ६ फिट जति हिउ जमेकाले दादुरा रुवेलाको भ्याक्सिन लिइ स्वास्थ्य कर्मी जान नसक्ने भएकाले उक्त खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी स्वास्थ्य सेवा निर्देशनालय बीरेन्द्रनगर सुर्खेतलाई जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले पत्राचार गरेको छ । जसको बोधार्थ सामाजिक विकास मन्त्रालय बिरेन्द्रनगर सुर्खेत जिल्ला प्रशासन कार्यालय हुम्ला र नाम्खा गाउँपालिकालाई दिएको छ । यस अघि बालबालिकालाई दिइदै आएको नियमित खोप पनि हिमपातका कारण नाम्खा गाउँपालिका वडा नं ६ मा लगाउन नसकिएको जिल्ला  स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।

यसै समयमा नेपाल सरकारले राष्ट्रिय दादुरा रुवेला खोप अभियान संचालन गरिरहेको छ । हुम्ला वाहेकका अन्य जिल्लामा फागुन १३ गतेबाट उक्त अभियान संचालन भए पनि हुम्ला जिल्लामा फागुन २४ गते बाट सुरु गरि चैत ७ गते सम्मपन्न गर्ने गृहकार्य जिल्ला स्वास्थ्य सेवा कार्यालय सँगै हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य शाखाले गरि रहेका छन् । जिल्लाले २ चरणमा स्वास्थ्य कर्मी र सरोकारवालालाई अभिमुखी करण गरे सँगै गाउँपालिकाले गाउँपालिका स्तरिय स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरि वडा तहमा दादुरा रुवेल खोप लगाउने सम्बन्धी अभिमुखीकरण कार्य गरि रहेका छन् । यसै बीच हुम्ला  जिल्लाका १ सय ७ वटा खोप केन्द्र मध्य अन्य खोप केन्द्रमा भ्याक्सिन ढुवानी भइ सकेको र लिमी स्वास्थ्य चौकी सम्म दादुरा रुवेला खोप ढुवानी गर्न समस्या भएको जिल्ला स्वस्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।

यति वेला हिमाली जिल्ला हुम्लामा भारी हिमपात भइ रहेको छ । यो हिमापातले हिमाली जिल्लाका उच्च स्थानमा रहेका गाउँपालिकामा एक वस्तीबाट अर्को वस्ती सम्म आवत जावत गर्न वन्द भएको छ । यसको मुख्य असर कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को नाम्खा गाउँपालिकाका एक वस्तीबाट अर्को वस्ती वडा सम्म आउजाउ गर्न समस्या भएको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९